टर्की भूकम्पमा मृत्यु हुनेको संख्या ४४ पुग्यो « Khabarhub

टर्की भूकम्पमा मृत्यु हुनेको संख्या ४४ पुग्यो


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्तानबुल- टर्कीमा शुक्रबार राति गएको भूकम्पमा ज्यान गुमाउनेको संख्या ४४ पुगेको छ ।

मृतकमध्ये २ जना ग्रिसका छन् । टर्कीका राष्ट्रपति रेसेप तैयप इर्दोगानले टेलिभिजनमार्फत सम्बोधन गर्दै मृत्यु हुनेको संख्या ४२ पुगेको जनाएका हुन् ।

भूकम्पका कारण अहिलेसम्म आठ सय जना घाइते भएको टर्कीको प्रकोप तथा विपद् व्यवस्थापन कार्यालयले जनाएको छ । अझै कयौँ बेपत्ता छन् ।

टर्कीको इज्मिर सहरमा शुक्रबार ७ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पपछि भत्केका भवनमा मानिसहरू फसेको आंशकामा खोजी तथा उद्धार जारी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ९ : ०८ बजे

व्यापारिक जहाजलाई अमेरिकाको चेतावनी – खाडी क्षेत्रबाट टाढै रहनू

काठमाडौं – अमेरिकाले आफ्ना व्यापारिक जहाजहरूलाई खाडी क्षेत्रबाट टाढै रहन

विश्वकपको सुपर-८ बाटै बाहिरियो पाकिस्तान, न्युजिल्याण्ड सेमिफाइलनमा

काठमाडौं – पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ

४९ ड्रोन र मिसाइल आकाशमै निस्तेज पारेको जोडर्नको दाबी

काठमाडौं – जोर्डनको सेनाले शनिबार आफ्नो भूभागलाई लक्षित गरी आएका

इरानमाथि आक्रमणपछि विश्व शक्तिहरूको चासो, संयमता अपनाउन आह्वान

काठमाडौं – संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार इरानमाथि आक्रमण

दुबईको बुर्ज खलिफा नजिकैको भवनमा इरानी ड्रोन हमला

दुबई- दुबईस्थित विश्वकै अग्लो बुर्ज खलिफा नजिकै इरानले ड्रोन हमला