छालामा निस्किएका डल्ला हप्ता दिनमै हटाउने यस्ता छन् घरेलु उपाय « Khabarhub

छालामा निस्किएका डल्ला हप्ता दिनमै हटाउने यस्ता छन् घरेलु उपाय


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– समान्यतया शरीरका विभिन्न भागमा स–साना डल्ला निस्कने समस्या धेरै मानिसको हुनसक्छ । कसैको शरीरमा थोरै निस्कन्छ त कसैकोमा धेरै ।

यी डल्ला हेर्दा डरलाग्दा देखिन्छन् तर यिनले खासै हानी गर्दैनन् । सौन्दर्यलाई भने यिनीहरूले बिगार्छन् । केही उपाय अपनाएमा भने यस्ता डल्ला घरै बसेर हटाउन सकिन्छ ।

चुक अमिलोले यी डल्ला हटाउन मद्दत गर्छन् । एप्पल साइडर भिनेगर (स्याउबाट बनेको चुक अमिलो)ले सजिलै डल्ला हटाइदिन्छ ।

यसका लागि तपाईंले कपास चुक अमिलोमा डुबाउनुस् । त्यसपछि यसलाई छालाका डल्लामा दिनको दुईतीनचोटि घोट्नुस् । यो प्रक्रिया दैनिक अपनाउनु भयो  भने डल्लाको रंग परिवर्तन हुन्छ र आफैं झरेर जान्छ । यसो हुन लगभग एक हप्ता लाग्छ वा सो भन्दा केही बढी पनि लाग्न सक्छ ।

मान्छेमा छालाका डल्ला पलाउनु सामान्य कुरा हो । यी डल्ला घातक हुन्नन् । छालाबाट झुण्डिएका साना र नरम बेलूनजस्ता देखिन्छन् ।

पुरुष र महिला दुवैमा छालाको डल्लो हुन सक्छ । प्रायः मोटा मान्छेमा छालाको डल्ला निस्कन्छन् । कुनै कुनै डल्ला आफैं झर्छन् भने कुनै चाहिँ रहिरहन्छन् । यिनलाई मेडिकल भाषामा एक्रोकोर्डन भनिन्छ । – एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ७ : ४४ बजे

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका