यु–१९ विश्वकप एसिया छनोट : नेपालद्वारा ओमानसामू २३० रनको लक्ष्य प्रस्तुत « Khabarhub

यु–१९ विश्वकप एसिया छनोट : नेपालद्वारा ओमानसामू २३० रनको लक्ष्य प्रस्तुत


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– आईसीसी यु–१९ विश्वकप एसिया छनोटमा नेपाली युवा टोलीले ओमानी यु–१९ टिमलाई २ सय ३० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियाको एसटीसी मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४३.२ ओभरमा सबै विकेट गुमाउँदै २ सय २९ रन मात्रै बनाउन सक्यो ।

नेपालको अग्र पङ्तीका ब्याट्सम्यानहरु सानो योगफलमा समेटिएपछि दबाबमा रहेको टोलीलाई कप्तान रोहित कुमार पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै ओमानसामू मध्यम लक्ष्य प्रस्तुत गरेको हो ।

नेपालका लागि २ सय २९ रन बनाउन कप्तान रोहित कुमार पौडेलले ७५ रन बनाए । उनले ८१ बलमा ५ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, आठौं विकेटका रुपमा मैदान प्रवेश गरेका प्रतिस जिसीले आक्रामक ब्याटिङ गर्दै ओमानविरुद्ध लक्ष्य लम्बाएका थिए । उनले २३ बलमा ४१ रन बनाउने क्रममा ४ छक्का र २ चौका प्रहार गरे ।

त्यस्तै, अर्का ब्याट्सम्यान भीम सार्कीले ३९ रन, अभिषेक बस्नेतले १५ र रित गौतमले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालविरुद्ध ओमानका मुजहिर राजा, संजय रविन्द्र, जेल तान र अजाम अलिले समान दुई–दुई विकेट लिए ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  ११ : ०५ बजे

जडीबुटी कम्पनीका मासिक ज्यालादारी कर्मचारी आन्दोलित, १० दिनदेखि उत्पादन बन्द 

काठमाडौं– सरकारी स्वामित्वको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका मासिक ज्यालादारी कर्मचारी

जलवायु र विपद् अध्ययन गर्न गठित समितिको नेतृत्वमा पराजुली

 काठमाडौं – जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्का विषयमा अध्ययन

देशभरका ७ हजार प्रतिनिधिले कसरी चुन्दै छन् कांग्रेसको नयाँ नेतृत्व ? 

काठमाडौं– नेपाली राजनीतिमा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसले यही असोज

बुर्किना फासोमा पहिलो सुन प्रशोधन केन्द्र सञ्चालन, कच्चा सुन निर्यातमा रोक लगाउने राष्ट्रपतिको घोषणा

काठमाडौं– बुर्किना फासोले आफ्नो आर्थिक सार्वभौमसत्ता सुदृढ गर्ने लक्ष्यका साथ

स्वदेश फर्कियो कास्य विजेता नेपाली महिला कबड्डी टोली

काठमाडौं– २० औं एसियाली खेलकुदमा कांस्य पदक विजेता नेपाली महिला