प्रिमियर लिगमा लेस्टर सिटिको शानदार जित « Khabarhub

प्रिमियर लिगमा लेस्टर सिटिको शानदार जित


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले शानदार जित हात पारेको छ ।

अवे मैदानमा भएको खेलमा लेस्टर सिटीले लीड्स युनाइटेडलाई ४–१ ले पराजित गरेको हो ।

दोस्रो मिनेटमा नै हार्भी बार्नेसले गोल गरी लेस्टरलाई सुरुवाती अग्रता दिलाएको खेलमा २१औँ मिनेटमा यूरी टिएलेम्यान्सले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

लीड्सका स्टूआर्ट डालासले ४८औँ मिनेटमा एक गोल फर्काए । ७६औँ मिनेटमा जेमी भर्डीले गोल गरी लेस्टरको अग्रता ३-१ मा पुर्‍याए ।

इन्जुरी समयमा टिएलेम्यान्सले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४–१ को जित दिलाए ।

जितपछि सात खेलबाट १५ अंक जोडेको लेस्टर सिटी दोस्रो स्थानमा पुगेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ६ : ३९ बजे

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ