स‌ंघीय लोकतान्त्रिक गणतन्त्र हटाइएकोमा कां‌ग्रेस प्रवक्ता शर्माको आपत्ति « Khabarhub

स‌ंघीय लोकतान्त्रिक गणतन्त्र हटाइएकोमा कां‌ग्रेस प्रवक्ता शर्माको आपत्ति


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्‍वप्रकाश शर्माले सरकारले नेपालको नाम स‌ंघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्‍न गरेको निर्णय आपत्तिजनक भएको बताएका छन् ।

शर्माले मंगलबार सामाजिक सञ्‍जाल ट्‍वीटरमा धारणा ब्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई जेल बस्दाको सिध्दान्त सम्झने कि संविधान निर्माण गर्दाको प्रतिबध्दता भनेर प्रश्‍न समेत गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्- ‘`संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल´ नलेख्‍न सरकारले मातहतलाई दिएको निर्देशन आपत्तिजनक छ । @Pm_Nepal  जेल बस्दाको सिध्दान्त सम्झने कि संविधान निर्माण गर्दाको प्रतिबध्दता ? होसियार ! संविधानको मर्म विरुध्दको कर्म ठाडै अस्वीकार्य छ ! जय नेपाल !!’

मन्त्रिपरिषद् बैठकले गत असोज ११ गते मुलुकका औपचारिक कागजातमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेखी नेपालमात्रै लेख्‍ने निर्णय गरेको थियो ।

उक्त निर्णय कार्यान्वयन गर्न कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले स‌ंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई २८ असोजमा पत्र लेखेको थियो ।

यस्तो छ शर्माको ट्वीट

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ८ : ०५ बजे

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव

नागरिक उन्मुक्तिलाई नेकपामा विलय गराएकी रञ्जिता चुनाव नलड्ने, अर्कैलाई दिइन् टिकट

काठमाडौं– टीकापुर आन्दोलनबाट थारू समुदायको बलमा उदाएको नागरिक उन्मुक्ति पार्टीलाई

सेन्सीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता

काठमाडौं –जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्सीले भारतको मुम्बईस्थित

प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि