सुनसरीमा दुईसहित थप पाँच संक्रमितको मृत्यु | Khabarhub Khabarhub

सुनसरीमा दुईसहित थप पाँच संक्रमितको मृत्यु


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुनसरी, चितवन, बुटवल र काठमाडौँमा गरी थप पाँच कोरोना संक्रमितको मृत्यु भएको छ ।

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ९ वर्षीया बालिका र ६१ वर्षीया वृद्धा छन् । इटहरी उपमहानगरपालिका–६ की ९ वर्षीया बालिकाको बुधबार बिहान ३:२५ बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

बालिकालाई गत सोमबार कोरोना पुष्टि भएको थियो । मंगलबार उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएकी उनको २४ घण्टा बित्न नपाउँदै मृत्यु भएको हो ।

यस्तै धरान उपमहानगरपालिका –१ की ६१ वर्षीया वृद्धा महिलाको पनि प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ ।

डा. श्रेष्ठका अनुसार उच्च रक्तचाप लगायतको समस्या रहेकी वृद्धालाई असोज ३० गते कोरोना पुष्टि भएको थियो ।

उनलाई उपचारका लागि कात्तिक ५ गते प्रतिष्ठान भर्ना गरिएकोमा आज बिहान ३:१५ बजेतिर मृत्यु भएको डा. श्रेष्ठले बताए ।

चितवनमा पनि कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत राप्ती नगरपालिका १० की ३९ वर्षीया महिलाको मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कात्तिक १५ गते श्वासप्रश्वासमा समस्या भएर अस्पतालमा भर्ना भएकी कोरोना संक्रमित ती महिलाको आज बिहान ६ बजेर ५० मिनेटमा मृत्यु भएको हो । ती महिलामा १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

वुटवलमा पनि एक संक्रमित वृद्धको मृत्यु भएको छ । गुल्मीको गुल्मीदरबार गाउँपालिका- ६ का ८५ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो ।

कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका पुरुषको मंगलबार साँझ साढे ७ मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको पनि कोरोना संक्रमणले निधन भएको छ ।

काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान ६:२५ बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

दशैँमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो ।

माइस्थेनिया नामक रोगबाट पनि १० वर्षदेखि पीडित महराको नर्भिक अस्पतालमा १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार थालिएकोमा बिहान निधन भएको हो ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ९ : ३९ बजे

शिक्षा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना

यसरी पुनर्निर्माण हुँदैछ लिच्छविकालीन ‘इखा पुखु’ (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर १७, १८ र २५ को

एमाले बागमती प्रदेशका वडाध्यक्षहरूको भेला आजदेखि, प्रधानमन्त्रीले उद्‌घाटन गर्ने

काठमाडौं– नेकपा एमालेबाट निर्वाचित बागमती प्रदेशका वडाध्यक्षहरूको भेला आज सुरु

चीनमा नेपाली संस्कृति प्रदर्शन

चीन– नेपाल–चीनबीच पर्यटन, कला तथा सांस्कृतिक प्रवर्द्धनका लागि साङ्गीतिक तथा

लुम्बिनी प्रदेशसभा बैठक बस्दै

काठमाडौं– लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १