कर्मचारीमा कोरोना देखिएपछि गाउँपालिकाको सेवा बन्द « Khabarhub

कर्मचारीमा कोरोना देखिएपछि गाउँपालिकाको सेवा बन्द


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– डोटी जिल्लाको केआइसिंह गाउँपालिकाको सम्पूर्ण सेवा बन्द गरिएको छ ।

गाउँपालिकाका कम्प्युटर अपरेटर र वडा सचिवमा मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएपछि एक हप्ताका लागि सेवा बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले आजबाट लागू हुने गरी एक हप्ताका लागि पालिकाबाट दिइँदै आएको सेवा बन्द गर्ने निर्णय गरेपछि सेवाग्राहीलाई समस्या भएको छ ।

नागरिकता प्रमाणपत्रका लागि दिइने सिफारिस, जन्मदर्तादेखि अन्य सेवा लिने सेवाग्राहीलाई निकै समस्या भएको स्थानीयवासी पदमबहादुर कार्कीले बताए।

उनले भने, “कर्मचारीमा कोरोना सङ्क्रमण भएको भन्दै गाउँपालिकाले सम्पूर्ण सेवा बन्द गरेको छ, सेवाग्राहीलाई समस्या भएको छ ।”

गाउँपालिकाले एक सूचना सार्वजनिक गर्दै आज सबै कर्मचारीको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन हुने र त्यसको रिपोर्ट नआएसम्म सेवा बन्द हुने जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ११ : ४४ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका