स्वास्थ्य मन्त्रालयको आग्रह : संक्रमण देखिँदा आफूखुशी औषधि नखानुस् « Khabarhub

स्वास्थ्य मन्त्रालयको आग्रह : संक्रमण देखिँदा आफूखुशी औषधि नखानुस्


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई चिकित्सकको सिफारिसबिना आफूखुशी औषधि सेवन नगर्न आग्रह गरेको छ ।

होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुले आफूखुशी तथा कोरोना निको भएकाहरुसँग सल्लाह गरी विभिन्न औषधि प्रयोग गरीरहेको पाइएको भन्दै चिकित्सकको सिफारिसबिना औषधि प्रयोग नगर्न मन्त्रालयले आग्रह गरेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बुधबारको पत्रकार सम्मेलनमाफर्त जथाभावी औषधि प्रयोग गर्दा स्वास्थ्यमा नकारात्कम असर पर्ने बताए ।

उनले चिकित्सक तथा स्वास्थ्यकर्मीको सिफारिसमा मात्र औषधि सेवन गर्न आग्रह गरे ।

उनले कोरोना संक्रमित भइसकेपछि एक्लै कोठमा बस्दा अत्यास लाग्नु स्वभाविक भएकाले त्यस्तो समयमा कोठामै बसेर गर्न सकिने आफ्नो इच्छा अनुसारका कार्य गरेर समय व्यतित गर्न पनि आग्रह गरे ।

डा गौतमलले कोरोना संक्रमणको लक्षण मध्ये स्वाद हराउनु पनि भएकाले खाना मन नलागे पनि प्रतिरोधात्मक शक्ति बढाउन स्वस्थकर खाना खान पनि सुझाव दिए ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ५ : ०५ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु