कोरोना संक्रमित कांग्रेस नेता मन्सुरलाई काठमाडौं ल्याइयो  « Khabarhub

कोरोना संक्रमित कांग्रेस नेता मन्सुरलाई काठमाडौं ल्याइयो 


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री फर्मुल्लाह मन्सुर उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि सिम्रिक एयरको हेलिकप्टर चार्टर्ड गरेर उनलाई काठमाडौं ल्याइएको हो ।

केही दिनदेखि ज्वरो आउने, खोकी लाग्ने र हिँड्दा दम बढ्ने समस्या भएपछि नेता मन्सुर सोमबार वीरगञ्जको एडभान्स अस्पताल गएका थिए ।

मंगलबार कोरोना संक्रमण पुष्टि भएपछि उनलाई वीरगञ्जको नेसनल मेडिकल कलेजले सञ्चालन गरेको बाबा होटल आइसोलेसनममा राखेर उपचार शुरु गरिएको थियो ।

पार्टी नेतृत्वको आग्रह पछि थप उपचारका उनलाई बुधबार काठमाडौं ल्याइएको कांग्रेस महासमिति सदस्य लोकेश सिंहले जानकारी दिए ।

काठमाडौं ल्याइएपछि उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।  उनको स्वास्थ्य स्थिति भने सामान्य नै रहेको जनाइएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ६ : २६ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि