प्रदीप भन्छन् – अभिनय गर्न नजान्ने मान्छे नै हुँदैन « Khabarhub

प्रदीप भन्छन् – अभिनय गर्न नजान्ने मान्छे नै हुँदैन


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युवापुस्तामाझ लोकप्रिय अभिनेताको सूचीमा पर्छन्, अभिनेता प्रदीप खड्का । भलै उनले मुख्य भूमिका निभाएका पछिल्ला फिल्महरुले खासै कमाल गर्न सकेका छैनन् । यद्यपि प्रदीपका फिल्मले फिल्मकर्मी र दर्शकमा एक किसिमको माहोल चाहिँ बनाएर जान्छन् ।

वर्ष २०७५ मा रिलिज भएका दुई फिल्म ‘रोज’ र ‘लिलिबिली’ दुवैले खासै राम्रो प्रतिक्रिया पाउन नसके पनि उनको चर्चा भइरहन्छ । फ्यान फलोइङ राम्रै भएका यी अभिनेता सामाजिक सञ्जालमा त्यति सक्रिय हुँदैनन् । बरु, उनी काममा नै आफूलाई फोकस राख्न रुचाउँछन् ।

कतिपयले भने प्रदीपलाई अभिनय गर्न नजान्ने अभिनेता भन्ने गर्छन् । त्यसो त भयंकर अभिनय गर्ने भनिएका कलाकारहरुले पनि दर्शकको ध्यान तान्न नसकिरहेको अवस्था छ ।

प्रदीप भन्छन्, ‘हरेक मान्छे आफैमा कलाकार हो, मान्छेले परिवेशअनुसार फरक अभिनय गरिरहेको हुन्छ ।’

उनका अनुसार मान्छेले दैनिक जीवनमा पनि अभिनय गरिरहेका हुन्छन् । जहाँ छौँ, त्यहाँ अभिनय गरिरहेका हुन्छौँ । स्कूलमा केही बहाना बनाउनुप–यो भने पनि अभिनय गर्छ मान्छे । घरमा पैसा माग्नुप–यो भने पनि अभिनय गरिरहेका हुन्छन् कोही ।

‘अभिनय गर्न नजान्ने मान्छे नै हुँदैन, हामीलाई ह्युमन मात्र भनिँदैन, होमोसेपियन पनि भनिन्छ, मान्छेका अरु प्रजाति नासिए,’ प्रदीप अगाडि सुनाउँछन्, ‘हामी मान्छे मात्र कल्पना गर्न सक्ने संसारको एउटा मात्र प्रजाति हो, हामीले कल्पना र अभिनय गर्न सक्ने भएकाले हामी अहिले अस्तित्वमा छौँ ।’

विश्वमा पहिले मान्छेका अन्य प्रजाति भएको वैज्ञानिक रुपमा प्रमाणित भइसकेको पनि प्रदीपले बताए । उनका अनुसार हरेक मान्छेले प्राकृतिक रुपमा अभिनय गरिरहेको हुन्छ । त्यही अभिनयलाई कलाकारले पर्दामा उतार्ने काम मात्र हो ।

उनी आफूले अभिनय गर्ने फिल्ममा खासै धेरै दुःख गर्न नपर्ने बताउँछन् । उनको भनाइमा आफूले फिल्ममा निभाउने गरेका चरित्रहरु समाजका चरित्रमा हुन् । फिल्ममा यहाँभन्दा धेरै फिल्ममा अभिनय गर्न आवश्यकता नभएको पनि उनको धारणा छ ।

‘पहिलो फिल्ममा जे थियो, अहिले पनि त्यही छ जस्तो लाग्छ, हरेक फिल्ममा नछुटेको ‘इमोसन’ हो, अहिले त झन् रोबोटमा पनि भावना हालेर फिल्म बनाउन थालियो, बाँकी सबै फिल्म उस्तै हुन् ।,’ प्रदीप सुनाउँछन् ।

पछिल्लो समय डिमान्डेट अभिनेतामा पर्ने प्रदीप अभिनित फिल्म ‘लभ स्टेशन’ यतिबेला नेपालका सिनेमा घरमा प्रदर्शन भइरहेको छ । फिल्ममा उनको अपोजिटमा जसिता गुरुङलाई देख्न सकिन्छ ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  ३ : २६ बजे

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन

कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

मुस्ताङ– लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई

इन्जुरी समयको गोलले जोगियो कतार, स्वीट्जरल्यान्डसँग ऐतिहासिक बराबरी

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा

भारतीय अवरोधले चिया उद्योग बन्द हुने अवस्थामा, पहल गरिदिन परराष्ट्रसँग आग्रह

इलाम– भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया