कालीगण्डकी करिडोरमा पहिरोले पुरिएर पाँच मजदुरको मृत्यु « Khabarhub

कालीगण्डकी करिडोरमा पहिरोले पुरिएर पाँच मजदुरको मृत्यु


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- कालीगण्डकी करिडोर सडक निर्माणका क्रममा पहिरोमा पुरिएर पाँच जना मजदुरको मृत्यु भएको छ ।

पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–३ सखुवा भन्ने स्थानमा सडक खन्ने क्रममा आएको सुख्खा पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए ।

प्रहरीले दिएको जानकारी अनुसार अनुसार पहिरोमा पुरिएर ज्यान गुमाउनेमा २० वर्षीय गोपाल गरञ्जा, ४३ वर्षीय सुनबहादुर पुलामी, २० वर्षीय ताराबहादुर लुङ्गेली, २० वर्षीय चेतबहादुर अस्लामी र २९ वर्षीय तुलबहादुर सारु रहेका छन् ।

मृत्यु हुनेहरु सबै बुलिङटार–४ का बासिन्दा हुन् । पहिरोमा पुरिएका पाँचै जनाको शव इलाका प्रहरी कार्यालय बुलिङ्टारको टोली र स्थानीयले बाहिर निकालेका थिए ।

पहिरोमा पुरिएर २१ वर्षीय कृष्ण लुंगेली र १९ वर्षीय केवल सिंह लुंगेली मगर घाइते भएका छन् । उनीहरु दुवै जनाको चितवनको भरतपुरमा उपचार भइरहेको छ ।

सडक निर्माणका क्रममा ७ जना मजदुरले जालीमा ढुंगा भरिरहेको अवस्थामा आएको पहिरोमा परेका २ जनाको भने उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ९ : ३९ बजे

प्रधानमन्त्री राहत कोषमा हेटौँडा स्कूल अफ म्यानेजमेन्टको बीस लाख

हेटौँडा– रसुवाका बाढीपीडितलाई राहत तथा उद्धारका लागि हेटौँडा स्कूल अफ

बाढीपीडितलाई सुदूरपश्चिम सरकारको दुई करोड सहयोग

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी बाढीपीडितको राहत तथा पुनः स्थापनाका

बाढी–पहिरो प्रभावित तीन जिल्लामा एनसेलका १४ टावर पुनः सञ्चालन

काठमाडौं– बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङ

कैलाश तीर्थयात्रामा बाढीको असर

काठमाडौं–  नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएकामध्ये कैलाश

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी र एस्टन भिल्लाले साविक विजेता पीएसजीसँग खेल्ने

काठमाडौं- युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिगको