च्याम्पियन्स लिगमा आरबी लेइप्जिगसँग पीएसजी पराजित « Khabarhub

च्याम्पियन्स लिगमा आरबी लेइप्जिगसँग पीएसजी पराजित


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) पराजित भएको छ ।

समूह एच अन्तर्गत बुधबार राति भएको खेलमा ९ खेलाडीमा सीमित भएको पीएसजीलाई आरबी लेइप्जिगले २–१ ले पराजित गर्‍यो ।

सुरुको छैटौँ मिनेटमा नै एन्जल डी मारियाले गोल गरेर पीएसजीलाई सुरुवाती अग्रता दिलाए पनि ४१औँ मिनेटमा एनकुन्कुले आरबीका लागि बराबरी गोल गरे ।

५७औँ मिनेटमा पाएको पेनाल्टीमा फोर्स्बर्गले गोल गरी आरबीलाई जिततर्फ अग्रसर गराए । ६९औँ मिनेटमा गुआइ र इन्जुरी समयको पाँचौँ मिनेटमा किम्पेम्बे दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि पीएसजी ९ खेलाडीमा सीमित भयो र अन्ततः खेल पीएसजीले खेल हार्‍यो ।

पराजित भएको पिएसजी तीन अंकसहित तेस्रो स्थानमा रहेको छ । जितसँगै आरबी ६ अंकसहित दोस्रो स्थानमा पुगेको छ ।

 

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ७ : ३८ बजे

चलेन बाबर आजमको ब्याटिङ, ५ रनमा आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या

काठमाडौँ- सर्लाहीको मंगलवामा गैली हानी हत्या गरिएको छ । आइतबार

पाकिस्तानले पहिलो ओभरमै गुमायो विकेट, साहिबजादा फरहान शुन्य रनमै आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

यो चुनाव ‘देश बनाउने र जलाउने’ शक्तिहरूबीचको महासंग्राम : ओली

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी

आईसीसी टी–२० विश्वकप : भारतले पाकिस्तानलाई दियो १७६ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गतकाे खेलमा भारतले पाकिस्तानलाई जितका