१९ लाखमा किनेको सुन फलाम बनेपछि… « Khabarhub

१९ लाखमा किनेको सुन फलाम बनेपछि…


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं विभिन्न स्थानमा सुनको टुक्रा भनि फलामको टुक्रा बेच्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गा.पा ६ वस्ने वर्ष ३३ पूर्ण वहादुर तमाङ्ग, काभ्रे चौरी देउराली गा.पा ३ वस्ने वर्ष २६को चन्द्र वहादुर श्रेष्ठ तथा सोही स्थानका प्रविन श्रेष्ठ र सुवास श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले सुनको टुक्रा सस्तोमा विक्रि गर्ने भन्दै फलामको टुक्रालाई सुनको गहना राख्ने भाडामा पहेलो कपडाले बेरी पुस ९ गते सामाखुसीस्थिति रानीबारीका राजेश विकलाई बेचेका थिए ।

किनेको सुन घर गएर हेर्दा ४ वटा फलामको टुक्रा भेटिएपछि विकसले आफू ठगिएको भन्दै प्रहरीलाई खबर गरेका थिए । त्यसपछि महानगरीय प्रहरी परिसर काठमाडौ विशेष टोली परिचालन गरी खोज तलास गर्ने क्रममा वैशाख दुई गते फलामका टुक्रालाई सुन भन्दै बेच्ने चार जनालाई सुन्धाराबाट नियन्त्रणमा लिएको थियो ।

ठगी कार्यमा प्रयोग हुँदै आएको ट्याक्सीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुले लुटिएको रकम विभिन्न व्यक्तिहरुलाई दिएको र त्यसको पहिचाहन गरी फिर्ता ल्याउने कार्य भईरहेको प्रहरीले जनाएको छ ।

उनीहरुले ठगिएको रकम आपसमा वाँडी लिने गरेको प्रारम्भीक वयानमा खूलेको प्रहरीको भनाइ छ । जसमध्ये
तामाङ्गले ९ लाख ५० हजार, चन्द्र वहादुर श्रेष्ठले ३ लाख ५० हजार, प्रविन श्रेष्ठले ३ लाख र सुवास श्रेष्ठले ३ लाख बाँडफाँड गरि लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

त्यस्तै प्रहरीले नक्कली सुनलाई सक्कली भनि ठगी गर्ने अर्का एक जनालाई पनि पक्राउ गरेको छ ।

चैत ३० गते स्वयम्भू क्षेत्रमा सुन विक्रि वितरण गरिरहेको भन्ने विशेष सुचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौबाट खटिएको टोलीले खोज तलास गर्ने क्रममा स्वयम्भु स्थित हल चोक नजिक वाट धादिंग रुवि भ्याली गा.पा ४ घर भई हाल स्वयम्भु वस्ने वर्ष २२ को वेमान तामाङ्गको साथबाट १ केजि नक्कली सुन सहित नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  २ : ४५ बजे

सरकारले पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणलाई निरन्तरता दिने

काठमाडौं- सरकारले पूर्व पश्चिम विद्युतीय रेलमार्ग निर्माणलाई निरन्तरता दिने प्रतिबद्धता

कांग्रेसका जनप्रतिनिधिमाथि भ्रष्टाचारको प्रमाण आए पार्टीले नै कारबाही गर्छ : गगन थापा

काठमाडौं – सभापति गगन थापाले नेपाली काङ्ग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूले

यस्तो छ सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं- सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सोमबार

राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री शाह हिँडेपछि…

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम सार्वजनिक गरिरहँदै सरकारका

अब उच्च पदस्थ कर्मचारीको सम्पत्ति वार्षिक रूपमा सार्वजनिक गरिने

काठमाडौं– अब उच्च पदस्थ कर्मचारीको सम्पत्ति वार्षिक रूपमा सार्वजनिक गरिने