पहिरोमा ज्यान गुमाउनेका परिवारलाई तनहुँ समाज हङकङको सहयोग | Khabarhub Khabarhub

पहिरोमा ज्यान गुमाउनेका परिवारलाई तनहुँ समाज हङकङको सहयोग


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तनहुँको ऋषिङ गाँउपालिका–८ भैसीकिलेमा गत असार २८ गते पहिरामा परेर निधन भएका पाँच जनाको परिवारलाई तनहुँ समाज हङकङले करिब रु साढे दुई लाख सहयोग गरेको छ ।

तनहुँ समाज हङकङका पूर्व अध्यक्ष भिमराज गुरुङ र निवर्तमान अध्यक्ष जङ्गबहादुर थापाले पीडित परिवारकै घरमा पुगी रु दुई लाख ४४ हजार एक सय ५० हस्तान्तरण गरेका हुन् ।

घटना लगत्तै समाजले रु २० हजार सहयोग गरेको थियो । उक्त रकम अनबहादुर थापालाई हस्तान्तरण गरिएको छ ।

पहिराले पुरिएर अनबहादुरका छोरा ३० वर्षीय भेषबहादुर थापा, बुहारी २९ वर्षीया नानुमाया थापा, नातिनी पाँच वर्षीया छोरी अमिषा थापा, छोरा २२ वर्षीय महादेव थापा र बुहारी १९ वर्षीया मनिसरा थापाको मृत्यु भएको थियो ।

ऋषिङ पल्टयाङ स्थायी घर भई हाल हङकङमा बसोबास गर्दै आएका लालबहादुर थापाको संयोजकत्वमा विभिन्न सिलसिलमा हङकङ पुगेका नेपालीहरुबाट सङ्कलित उक्त रकम ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको उपस्थितिमा हस्तान्तरण गरिएको समाजका पूर्व अध्यक्ष गुरुङले जानकारी दिए ।

घटनाका पीडितलाई सहयोग गर्न तनहुँ समाज हङकङमा अनुरोध पत्र प्राप्त भएपछि सहयोग सङ्कलन अभियान सञ्चालन गरी तनहुँ साथै अन्य जिल्लाका समेत गरी ५६ जना नेपालीहरुको सहयोगबाट सो रकम सङ्कलन भएको रकम सङ्कलन अभियानका संयोजक लालबहादुर थापाले जानकारी दिए।

रकम हस्तान्तरण गर्दै समाजका पूर्व अध्यक्ष गुरुङले प्राकृतिक प्रकोपबाट पीडित परिवारलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए । समाजका निवर्तमान अध्यक्ष जङ्गबहादुर थापाले तनहुँमा विगतदेखि नै विभिन्न दुःख, पीडा पर्दा समाजले साथ दिइरहेको बताए ।

गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पहिरो पीडितका लागि पालिकाले जग्गा प्रदान गरी र विभिन्न सङ्घसंस्थाको सहयोगले घर निर्माण गर्न सकिएको जानकारी दिए ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  १० : ५५ बजे

इजरायल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं–  इजरायल पठाइदिन्छु भन्दै दुई लाख रुपैयाँ ठगी गरेको आराेपमा काठमाडौं

राजबहादुर हत्या प्रकरण : क्रान्तिकारी अध्यक्ष सिंहविरुद्ध कर्तव्य ज्यान मुद्दा नचल्ने

काठमाडौं- सत्तारुढ नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीकी केन्द्रीय

व्यासमा प्लास्टिक झोला निषेध गर्न कार्यविधि

तनहुँ– तनहुँको व्यास नगरपालिकाले ‘प्लाष्टिकमुक्त अभियानसम्बन्धी कार्यविधि’ २०८१ पारित गरेको

जेरुसेलमस्थित अल जजिरा टिभीको कार्यालयमा इजरायली प्रहरीको छापा

काठमाडौं– इजरायली प्रहरीले जेरुसेलमस्थित एम्बेसेडर होटलमा रहेको अल जजिरा टिभी

जिरीबाट बाइक र मैनापोखरीबाट हेलमेट चोरी

दोलखा– गएराती दोलखाको जिरी नगरपालिका र वैतेश्वर गाउँपालिमा मोटरसाइकल र