प्रदेश १ मा ४०१ कोरोना संक्रमित थपिए, ९ को मृत्यु « Khabarhub

प्रदेश १ मा ४०१ कोरोना संक्रमित थपिए, ९ को मृत्यु


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४०१ जना कोरोना संक्रमित थपिएका छन् ।

१ हजार ४६३ जनाको पीसीआर परीक्षण गरिएकोमा ४०१ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको हो ।

संक्रमण पुष्टि भएकामध्ये १५९ महिला र २४२ पुरुष रहेका छन् । यससंगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २० हजार ८०२ पुगेको छ ।

प्रदेश १ मा बिहीवार ५९५ जना डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या १२ हजार ६९५ पुगेको छ।

यसैगरी प्रदेश १ मा पछिल्लो २४ घण्टाभित्र ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सुनसरीमा २ महिलासहित ४ जनाको मृत्यु भएको छ।

त्यस्तै, झापामा १ महिला, मोरङमा १ पुरुष र प्रदेश बाहिरका ३ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या २२० पुगेको छ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ९ : २५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु