मुम्बई इण्डियन्स आईपीएलको फाइनलमा प्रवेश « Khabarhub

मुम्बई इण्डियन्स आईपीएलको फाइनलमा प्रवेश


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मुम्बई इण्डियन्स यूएईमा जारी १३औं संस्करणको इन्डियन आईपीएल टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

दुबईमा बिहीबार राति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई फाइनलमा प्रवेश गरेको हो ।

यस्तै अक्षर पटेलले ४२ रन जोड्दा कप्तान श्रेयस एयरले १२ रन जोडे । कागिसो राबडा १५ रनमा अविजित रहे ।

पृथ्वी श, शिखर धवन, अजिन्का रहाने र डानिल साम खाता नखोल्दै आउट भए ।

दिल्लीलाई सस्तैमा समेट्न मुम्बईका जस्प्रित बुम्राहले ४ विकेट लिए । ट्रेन्ड बोल्टले २ तथा कुर्नाल पाण्डय र केइरन पोलार्डले १/१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २ सय रन बनाएको थियो ।

मुम्बईका लागि इशान किसन र सूर्यकुमार यादवले अर्धशतकीय इनिङ्स खेले । किसनले अविजित रहदै ५५ रन जोड यादवले ५१ रन बनाए ।

यस्तै क्विन्टन डी ककले ४० रन जोड्दा हार्दिक पाण्डय ३७ रनमा अविजित रहे ।

कप्तान रोहित शर्मा र केइरन पोलार्ड सुन्य रनमा आउट हुँदा कुर्नाल पाण्डयले १३ रन जोडे ।

दिल्लीका रविचन्द्र आश्विनले ३ विकेट लिए । मार्कुस स्टोनिस र एनरिच नोर्टजेले १/१ विकेट लिए ।

जितसँगै मुम्बईले यस सिजन लगातार तेस्रो खेलमा दिल्लीलाई पराजित गरेको छ । लिग चरणको दुई खेलमा पनि मुम्बईले दिल्लीलाई हराएको थियो ।

साविक विजेतासमेत रहेको मुम्बईले अब उपाधिका लागि दोस्रो क्वालिफायरको विजेतासँग खेल्नेछ ।

दिल्लीलाई समेत फाइनल पुग्ने अझै अवसर रहेको छ । तर, फाइनल पुग्नको लागि दिल्लीले दोस्रो क्वालिफायरमा जित निकाल्नु पर्नेछ ।

अब दिल्लीले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्नेछ ।इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबाद भिड्ने छन् । बैंगलोर र हैदराबादबीचको खेल आज हुनेछ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ५ : ५० बजे

कलेज बस दुर्घटनामा चार जना घाइते

भद्रपुर– यहाँको शिवसताक्षी नगरपालिका–९ स्थित चिल्लागढ धाम नजिक भित्री सडकमा

बैंकिङ कसुर मुद्दाका फरार कन्दङवा पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दामा

महासंघको साधारणसभामा चन्द्रका छोरा सचिनले ल्याए सबैभन्दा धेरै मत, कसको कति (सूचीसहित)

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभा अन्तर्गत नेतृत्व

गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु

रसुवा– यहाँको आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङमा रेन्बो ट्राउट माछापालन सुरू गरिएको

सरकारले अध्यादेश जारी गरेर रमिता देखायो : घनश्याम भुसाल

काठमाडौं– नेकपा संयुक्तले असफलताको बाटोमा नजानका लागि आफ्ना कमजोरीहरू सुधार