युरोपा लिगमा एसी मिलान पराजित « Khabarhub

युरोपा लिगमा एसी मिलान पराजित


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युरोपा लिग फुटबलमा आफ्नो तेस्रो खेलमा इटालियन क्लब एसी मिलान पराजित भएको छ ।

समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा मिलान फ्रेन्च क्लब लिलसँग ३-० ले पराजित भएको हो ।

लिलका युसुफ याजिसीले ह्याट्रिक गरेपछि मिलान घरेलु मैदानमै स्तब्ध भएको हो ।

खेलको २२औं मिनेटमा युसुफले पेनाल्टीमा गोल गर्दै लिललाई सुरुवाती अग्रता दिलाएका थिए । ५५औं मिनेटमा युसुफले व्यक्तिगत दोस्रो गोल गर्दै लिललाई २-० को अग्रता दिलाए ।

खेलको ५८औं मिनेटमा युसुफले ह्याट्रिक पूरा गर्दै लिललाई ३-० को सहज जित दिलाए ।

जितसँगै समूह ‘एच’ को लिल शीर्ष स्थानमा उक्लिएको छ । लिलले ३ खेलमा ७ अंक जोडेको छ । मिलान ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ९ : ५५ बजे

कांग्रेसको महाधिवेशन रोक्ने देउवा र खड्काको माग सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न सर्वोच्च अदालतले

भोटेकोसी बाढीपछि उद्धारमा १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– रसुवास्थित भोटेकोसी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि प्रभावित

त्रिवि शिक्षण अस्पतालको अहिलेको अवस्था (तस्बिरहरू)

काठमाडौं– महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा रसुवा बाढीमा परेर घाइते भएका,

भोटेकोशी बाढी : बाराका १५ जना सम्पर्कविहीन

बारा– रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीपछि बाराका

घरमा बचेका सामान झिक्दै बाढीपीडित

काठमाडौं– क्षणभरमै भग्नावशेष बनेका घरमा बचेका सामान बाढीपीडित झिक्न थालेका छन्