विराटनगरमा उपचाररत दुई संक्रमित महिलाको मृत्यु « Khabarhub

विराटनगरमा उपचाररत दुई संक्रमित महिलाको मृत्यु


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- कोरोना संक्रमित दुई महिलाको विराटनगरमा उपचारका क्रममा मृत्यु भएको छ ।

धनकुटा–४ की ३२ वर्षीया महिलाको कोशी अस्पताल कोभिड –१९ उपचार केन्द्रमा आज बिहान ८:१५ बजेतिर मृत्यु भएको हो ।

उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार पीसीआर परीक्षण गराउँदा बिहीबार कोरोना पुष्टि भएपछि उनलाई साँझ उपचारका लागि भर्ना गरिएको थियो । ती महिलामा श्वासप्रश्वासको समस्या पनि रहेको बस्नेतले बताए ।

यस्तै विराटनगर महानगरपालिका–७ की ५१ वर्षीया महिलाको उपचारका क्रममा न्युरो अस्पतालमा मृत्यु भएको छ ।

ती महिलाको बिहान ८ बजे मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिए ।

कोरोना  पोजेटिभ देखिएपछि ती महिलालाई गत बुधबार अस्पताल भर्ना गरिएकोमा उपचारका क्रममा मृत्यु भएको आचार्यले जानकारी दिए ।

 

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  १० : ४७ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु