पैसा गन्दा झुक्किएर पनि नगर्नुहोस् यस्तो गल्ति « Khabarhub

पैसा गन्दा झुक्किएर पनि नगर्नुहोस् यस्तो गल्ति


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मानव जीवनमा धन, सम्पत्ति, पैसाको धेरै महत्व छ । धन अर्थात् पैसा कमाउन पनि गाह्रो छ र बचाउन पनि । धनलाई जोगाउनका लागि पनि धेरै कुराको ख्याल गर्नुपर्ने हुन्छ ।

हामी पैसा गन्दा, राख्दा, दिँदा, लिदा पनि गल्ति गरिरहेका हुन्छौं । जसले गर्दा हामी आर्थिक संकटसँग जुध्न बाध्य छौं ।धेरै मानिसहरु पैसा कमाउँछन् तर खान नै पुग्दैन, धेरै मानिसहरुलाई खान पुग्छ तर बचत नै हुँदैन यस्तो अवस्था यदि तपाइको हो भने बुझ्नुहोस् तपाई पैसा गन्दा गल्ति गरिरहनुभएको छ, पैसा दिँदा गल्ति गरिरहनुभएको छ अनि पैसा लिँदा गल्ति गरिरहनुभएको छ ।

मानिसहरु पैसा सम्बन्धि गल्तिहरु गरिरहेका हुन्छन् त्यसैले आर्थिक संकट भोग्न बाध्य छन् । कमाउन त हरेकले कमाउँछन् तर बचत हुँदैन । कारण के हो भने पैसा भनेको लक्ष्मीको कारक मानिन्छ । तर लक्ष्मीलाई हामीले स्याहार्न अर्थात् सम्मान गर्न जानेनौं भने आर्थिक संकट उत्पन्न हुन्छ । पैसा भए पनि टिक्दै टिक्दैन । खर्च भैरहन्छ, यसलाई म्यानेज गर्न पैसा गन्दा हामीले विचार गर्नुपर्ने हुन्छ ।

पैसा गन्दा भुलेर पनि नगर्नुहोस् यी गल्ति
– पैसा गन्दा थुक लगाएर गन्ने बानी : धेरैको बानि हुन्छ पैसा गन्दा थुक लगाउने । यो अत्याधिक गलत हो । हात सुख्खा हुने भएकोले धेरै व्यक्तिले यसो गर्छन् ।तर यसो गर्नु सबैभन्दा पाप हो । पैसा लक्ष्मीको कारक भएकोले यसो गर्दा तपाइको घरमा लक्ष्मीले बास गर्दिनन् ।
– पैसालाई उल्टो सुल्टो मिलाएर राख्नुस् । पैसालाई सपक्क मिलाएर राख्नुहोस् ।
– कतिपय मानिसको बानी हुन्छ पैसामा केरकार गर्ने । केहि कुराहरु पैसामा लेख्ने तर यसो गर्नु हुँदैन ।
– पैसा च्यात्ने काम नगर्नुहोस् । कहिलेकाही आवेगमा आएर पैसा च्यात्ने पोल्ने पनि गर्छन् मानिसहरु । यसो गर्नु भनेको लक्ष्मीको अपमान गर्नु हो । लक्ष्मीको अपमान गर्नु भनेको तपाइको घरमा लक्ष्मीले बास नगर्नु हो । त्यसले पैसालाई च्यात्ने पोल्ने काम भुलेर पनि नगर्नुहोस् ।
– पैसा लात्ताले हान्ने काम भुलेर पनि नगर्नुहोस् । बच्चाहरुले कहिलेकाही आफुले भनेजति पैसा नदिँदा पैसा फाल्ने कुल्चने गर्छन् । भुलेर पनि बच्चालाई यसो गर्न नदिनुहोस् । यसले पनि आर्थिक संकट निम्त्याउँछ ।
– महँगो ब्याजमा भुलेर पनि पैसा ऋण नदिनुहोस् ।
– पैसालाई ओछ्यानमुनि वा बिछ्यौनामुनि पैसा नराख्नुस्
– पैसा राख्ने ब्यागमा भुलेर पनि जुठा चिजहरु नराख्नुहोस्
– पुजा कोठामा पैसा राख्नुहोस् । थोरै भए पनि पैसा पुजा कोठामा राख्दा लक्ष्मीले बास गर्छिन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ११ : ३८ बजे

बालेनको व्यवहार रास्वपालाई ‘निल्नु न ओकल्नु’

काठमाडौं- करिब एक वर्षको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई

राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं- राष्ट्रिय सभाले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ

राष्ट्रियसभामा अर्थमन्त्री डा. वाग्लेको जवाफ

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले नेपाल सरकारको

करेन्ट लागेर प्राविधिकको मृत्यु

कृष्णनगर (कपिलवस्तु)- कपिलवस्तुको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने