पत्रकार स्व बर्माको अन्त्येष्टि « Khabarhub

पत्रकार स्व बर्माको अन्त्येष्टि


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय समाचार समिति(रासस) का धादिङका दिवङ्गत जिल्ला समाचारदाता सीतारामप्रसाद बर्माको आज पशुपतिमा अन्त्येष्टि गरिएको छ ।

पत्रकार बर्माप्रति अन्तिम श्रद्धाञ्जलिका लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता राजेन्द्रप्रसाद पाण्डे, नेपाली कांग्रेसका नेता दिलमान पाख्रिन, कांग्रेस धादिङका सभापति रमेश धमला, नेपाल प्रेस काउन्सिलका कावा अध्यक्ष गोपाल बुढाथोकी, नेपाल पत्रकार महासङ्घ धादिङका अध्यक्ष नवराज छत्कुलीलगायत काठमाडौँ र धादिङका पत्रकार पशुपति पुगेका थिए ।

स्व बर्मालाई उनका सुपुत्र मिलनले दागबत्ती दिएका थिए । पत्रकार बर्माको उपचारका क्रममा आजै बिहान ७९ वर्षका उमेरमा निधन भएको हो । किष्ट मेडिकल कलेज ग्वार्को ललितपुरमा उपचाररत बर्मा उच्च रक्तचाप र निमोनियाबाट पीडित थिए । उपचारका क्रममा उनमा कोरोना संक्रमण भएपनि उनी कोरोनाबाट मुक्त भएका थिए ।

नेपाल पत्रकार महासङ्घ धादिङका संस्थापक सभापति बर्माले नेपाल प्रेस काउन्सिलबाट प्रेस स्वतन्त्रता सेनानी सम्मान पाएका थिए । करीब तीन दशकदेखि राससमा कार्यरत उनी सो संस्थाबाट पनि सम्मानित भएका थिए ।

गोरखा पुर्ख्यौली थलो भई धादिङलाई कर्मथलो बनाएका बर्माका श्रीमती, एक छोरा र तीन छोरी छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  १ : ०७ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी