नागढुङ्गामा २ लाख ७६ हजार थान पटाका बरामद « Khabarhub

नागढुङ्गामा २ लाख ७६ हजार थान पटाका बरामद


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीले काठमाडौँको मुख्य प्रवेशद्धार नागढुङ्गामा ठूलो मात्रामा पटाका बरामद गरी नष्ट गरेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले तिहारका लागि काठमाडौँ उपत्यका भित्र्याउँदै गरेको दुई लाख ७६ हजार थान पटाका बरामद गरी नष्ट गरेको हो ।

महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको ना ४ ख ४५५ नम्बरको यात्रुबाहक बसमा चेकजाँचका क्रममा बसको सिटमुनी लुकाएर ल्याएको अवस्थामा १० बोरा पटाका प्रहरीले बरामद गरेको हो ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले रु १४ लाख मूल्य बराबरको पटाका बरामद गरेर काठमाडौँ जिल्ला प्रशासन कार्यालय, चन्द्रागिरी नगरपालिका र स्थानीय जनप्रतिनिधीको रोहवरमा नष्ट गरिएको जानकारी दिए ।

प्रहरीले अनुसन्धानका क्रममा बस चालक कञ्चनपुरका ३० वर्षीय नविन जोशीलाई पक्राउ गरेको छ ।

यस्तै आजै रौतहटको गौरबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७११४ नम्बरको बस चेकजाँचका क्रममा समेत पटाका फेला परेको छ ।

थानकोट प्रहरीले गरेको चेकजाँचमा आठ हजार ४०० थान खुर्सानी पटाका, ८० थान गमला पटाका, १०० थान वुलेट पटाका, १९० थान रकेट पटाका बरामद गरेको हो ।

प्रहरीले उक्त पटकासहित रौतहटका पिन्टु जैसवाललाई पक्राउ गरेको छ ।

दुवै घटनामा पक्राउ परेकालाई मुलुकी अपराध संहिता, २०७४ अनुसार विष्पोटक पदार्थ सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ९ : २१ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी