ललितपुरको नगरप्रहरीले मास्क लगाउन सिकाउँदै, बाँड्दै | Khabarhub Khabarhub

ललितपुरको नगरप्रहरीले मास्क लगाउन सिकाउँदै, बाँड्दै


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगरपालिकाका नगरप्रहरीले महानगरको चोक र गल्लीमा पुगेर मास्क नलगाउनेलाई मास्क गाउन र राम्रो सँग नलगाउनेलाई लगाउन सुझाव दिन सुरु गरेका छन् । उनीहरुले जसले मास्क लगाएका छैनन् उनीहरु मास्क समेत दिन्छन् ।

मास्क लगाऔं, आफू बचौं र अरुलाई पनि बचाऔं अभियान अन्तर्गत नगरप्रहरीले यो काम थालेका हुन् ।

महानगरप्रमुख चिरीबाबु महर्जनको निर्देशनमा महानगरका नगरप्रहरीले यो काम थालेको महानगरका नगरप्रहरी प्रमुख सिताराम हाछेथुँले बताए ।

यस अभियान अन्तर्गतले महानगरको विभिन्न चोकमा बसेका र गल्लीमा पुगेका नगरप्रहरीले मास्क नलगाउनेलाई मास्क दिन्छन् । गलत तरिकाले मास्क लगाउनेलाई सही तरिकाले लगाउन उनीहरुले सुझाव दिन्छन् । अहिलेसम्म ५ सय मास्क वितरण गरेको बताउँदै धेरैलाई ठीक तरिकाले मास्क लगाउन सम्झाएको हाछेथुँले बताए ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  १ : ५७ बजे

मधेशमा कांग्रेसको प्रशिक्षक प्रशिक्षण कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले मधेश

बाराबाट राजश्व छलीको ४३ लाखको सामानसहित ट्रक नियन्त्रण

बारा– जिल्ला प्रहरी कार्यालय, बाराको टोलीले सिमरा–बीरगञ्ज सडकखण्डमा चेकजाँचका क्रममा

१२ वर्षसम्म पनि अलपत्र राजधानीकै तीनकुने र टेकुको पुल

काठमाडौं– एकै समयमा निर्माण सुरु भएका काठमाडौंको तीनकुने र टेकु-कालीमाटी

स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

सिरहा– सिरहाको गोलबजार नगरपालिका-१० वडा कार्यालयले स्थानीयस्तरमा स्वास्थ्य सेवा प्रवाहमा

व्यवस्था ठीक छ, नेताहरूको आचरण ठीक भएन : शशांक कोइराला

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. सशांक कोइराला नवलपरासी पूर्व निर्वाचन