मन लोभ्याउने मखमली (फोटो फिचर) « Khabarhub

मन लोभ्याउने मखमली (फोटो फिचर)



भक्तपुर– हिन्दू नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिन थालेको छ । बारीभरि ढकमक्क फुलेका फूलले पनि तिहारको झल्को दिन थालेका छन् ।

गाउँघर मात्र होइन शहर बजारमा पनि अहिले ढकमक्क फुलेको फुलले बेग्लै रौनक दिएको छ ।

भक्तपुरको गुन्डुमा पनि व्यावसायिक रुपमा गरिएको मखमली फूलको खेती लोभलाग्दो देखिन्छ । हरेक वर्षको तिहारमा गुन्डुका किसानले लाखौँ रुपैयाँको मखमली बिक्री गर्ने गरेका छन् ।

वर्षको एक दिनमात्र अर्थात् भाइटीकामा प्रयोग हुने मखमली माला गुन्डुको पहिचानजस्तै बनेको छ । यो वर्ष भने कोभिड– १९ का कारण बजार घट्ने हो कि भन्ने आशंकाबीच पनि माला बनाउने तयारीमा किसान जुटेका छन् ।

नेपालमा वि.स. २०११ सालबाट पुष्प व्यवसाय सुरु भएको थियो । पछिल्ला समय पुष्प व्यवसाय गर्नेहरुको संख्या बढ्दै गएकाले स्वदेशका विभिन्न जिल्लाहरुमा यी फूलको उत्पादन हुन थालेका छन् । स्थानीय स्तरमा उत्पादन भएका फूलले केही मात्रामा भएपनि स्थानीय क्षेत्रका माग पुरा हुने गरेको छ ।

नेपालभर १ सय ५७ हेक्टर क्षेत्रफलमा ४३ जिल्लामा अहिले पुष्प खेती सञ्चालन भइरहेको छ । फ्लोरिकल्चर एसोसियसन नेपाल (फ्यान)का अध्यक्ष कुमारकसजु श्रेष्ठका अनुसार हाल ७ हजारभन्दा बढी व्यवसायीहरुले पुष्प व्यवसाय गरिरहेका छन् भने ४४ हजारभन्दा बढीले रोजगारी पाएका छन् । फूलको महत्व बुझ्दै गएपनि फूलको आयत भने प्रत्येक वर्ष बढिरहेको छ ।

फूलको उत्पादन भएपनि समयमै नफूलनु, स्थानीय तैथाने जातका फूलहरु बढी उत्पादन हुनुजस्ता समस्याका कारण फूलको आयत गर्नुपरेको अध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ३ : ३१ बजे

कूटनीतिमा महिला दिवस मनाईँदै, विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ– आज अन्तर्राष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा विविध

सात देश विश्वकपको नकआउट चरणमा : अन्तिम ३२ मा पुगेका टिम कुन कुन हुन् ?

काठमाडौँ – फिफा विश्वकप २०२६ मा साविक विजेता अर्जेन्टिना, आयोजकद्वय

२५ अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

काठमाडौँ– चालु आर्थिक वर्षको प्रथम ११ महिनामा २५ अर्ब ५५

ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले सवारी नियम उल्लंघनमा एकै दिन दुई हजार

कोलम्बिया विश्वकपको अघिल्लो चरणमा : संघर्षपूर्ण खेलमा कंगो १–० ले पराजित

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा