पर्वतमा पाँच शय्याको कोभिड अस्पताल सञ्चालन « Khabarhub

पर्वतमा पाँच शय्याको कोभिड अस्पताल सञ्चालन


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- पर्वतको पैयुँ गाउँपालिकाले पाँच शय्याको कोरोना अस्थायी अस्पताल निर्माण गरेको छ ।

पैयुँ गाउँपालिकाको केन्द्र हुवासमा कोभिड अस्थायी अस्पताल निर्माण गरिएको हो । गाउँपालिकाले आफ्ना गाउँपालिकाका कोरोना सङ्क्रमितको उपचारका लागि अस्पताल निर्माण गरिएको जनाएको छ ।

अस्पतालमा आवश्यक दुई जना नर्स भर्ना गरिसकिएको र कात्तिक २४ गते चिकित्सकको अन्तर्वार्ता गरेर चिकित्सकसमेतको भर्ना गर्ने तयारी रहेको पैयुँ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद पौडेलले जानकारी दिए ।

उनले दुई नर्स र एक चिकित्सक अस्थायी कोरोना अस्पतालमा करारमा भर्ना गरी सेवा सञ्चालन गरिने बताए ।

हुवास स्वास्थ्यचौकी नजिकै रहेको सामुदायिक भवनमा अस्थायी कोरोना अस्पताल बनाइएको हो । यस्तै हुवासस्थित ज्येष्ठ नागरिक भवनमा १० जना व्यक्ति अट्ने क्वारेन्टिनसमेत बनाइएको पौडेलले जानकारी दिए ।

कोरोना सङ्क्रमितलाई यसअघि कुश्माको आइसोलेसनमा पठाउनुपर्ने अवस्था थियो । गाउँमै आइसोलेसन र क्वारेन्टिन बनेपछि गाउँपालिकावासीलाई सहज भएको पैयुँका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले बताए ।

तिवारीले गाउँमा कोरोना सङ्क्रमण बढ्न नदिन सचेतना र सजगताका विभिन्न अभियान सञ्चालन गरिएको पनि बताए । कोरोनासँग डराएर नभई सजग भई लडेर जित्ने प्रयत्नमा लागेको तिवारीले जानकारी दिए ।

तिवारीले कोरोना सङ्क्रमणका बाबजुद विकास निर्माणका कामहरु पनि धमाधम शुरु गरिएको बताए ।

नेपाल सरकारले हरेक स्थानीय तहमा कोरोना अस्पताल बनाउन बजेटसमेत दिएको छ । पर्वतका अन्य स्थानीय तहले पनि अस्पताल निर्माणको प्रक्रिया शुरु गरिसकेका छन् ।

जिल्लाको सदरमुकामपछि पहिलोपटक पैँयु अस्पताल बनाएर सञ्चालनमा ल्याएको हो ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ५ : ४७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै