एभर्टनविरुद्ध म्यानचेस्टर युनाइटेडको शानदार जित « Khabarhub

एभर्टनविरुद्ध म्यानचेस्टर युनाइटेडको शानदार जित


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत म्यानचेस्टर युनाइटेडले एभर्टनविरुद्ध शानदार जित हात पारेको छ ।

गुडिसन पार्कमा भएको खेलमा युनाइटेडले घरेलु टोलीमाथि ३-१ गोलअन्तरको जित निकालेको हो।

खेलमा अग्रता भने एभर्टनले लिएको थियो। खेलको १९ औं मिनेटमा बर्नाडले एभर्टनलाई अग्रता दिलाएका थिए।

तर खेलको २५ औं मिनेटमा ब्रुनो फर्नान्डेजले खेल बराबरीमा ल्याए। त्यस्तै ३२ औं मिनेटमा फर्नान्डेजले नै मार्कस रासफोर्डको पासमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। पहिलो हाफमा युनाइटेड २-१ ले अघि रह्यो।

दोस्रो हाफको अतिरिक्त समयमा एडिन्सन काभानीले युनाइटेडका लागि गोल थपे। र, युनाइटेडले ३-१ को सानदार जित निकाल्न सफल भयो।

जितसँगै ७ खेलबाट १० अंक जोडेको युनाइटेड तालिकाको चौधौं स्थानमा उक्लिएको छ भने १३ अंक जोडेको एभर्टन पाँचौं स्थानमा छ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ९ : ४६ बजे

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार

आज २०८२ साल पुस ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार