पहिलो टी-ट्वान्टीमा पाकिस्तान विजयी, जिम्बावे ६ विकेटले पराजित « Khabarhub

पहिलो टी-ट्वान्टीमा पाकिस्तान विजयी, जिम्बावे ६ विकेटले पराजित


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जिम्बावेविरुद्ध तीन खेलको सिरिजमा पाकिस्तानले विजयी सुरूवात गरेको छ ।

पाकिस्तानले पहिलो टी-ट्वान्टीमा जिम्बावेलाई ६ विकेटले हराउँदै विजयी सुरूवात गरेको हो ।

रावलपिन्डीमा शनिबार भएको पहिलो खेलमा घरेलु टोली पाकिस्तानले जिम्बावेलाई ६ विकेटले पराजित गरेको हो ।

जिम्बावेले दिएको १ सय ५७ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्‍यो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले ८२ रनको अर्धशतकीय इनिङ्स खेले ।

मोहमद हाफिजले ३६ रन जोड्दा फकर जमानले १९ रन जोडे । जिम्बावेका ब्लिसीङ मुजराबानीले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।

जिम्बावेका वेस्ली माधिभेरेले अविजित रहदै ७० रनको अर्धशतकीय इनिङ्स खेले ।

सिन विलियम्सले २५ रन जोड्दा इल्टन चीगुमबुराले २१ र ब्रेन्डन टेलरले २० रन बनाए । पाकिस्तानका वाहब रियाज र हरिस राउफले २-२ विकेट लिए ।

जितसँगै पाकिस्तानले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ६ : ०८ बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार