साउदीमा कसरी कम्पनी परिवर्तन गर्ने ? यस्तो छ नयाँ व्यवस्था « Khabarhub

साउदीमा कसरी कम्पनी परिवर्तन गर्ने ? यस्तो छ नयाँ व्यवस्था



दोहा- साउदी अरबले कफाला प्रणाली सुधारका लागि नयाँ श्रम सुधार गर्ने घोषणा गरेसंगै आप्रवासी श्रमिकहरुले धेरै लाभ लिन सक्ने भएका छन् ।

साउदीको मानव संसाधन र सामाजिक विकास मन्त्रालयका अनुसार कफाला प्रणालीबाट लाभ लिनका लागि  पहिलो पटक साउदी प्रवेश गरेपछि श्रमिकहरुले रोजगारदातासँग कम्तीमा एक वर्ष काम गर्नु पर्नेछ त्यसपछि मात्र रोजगारी परिवर्तन गर्न सक्ने छन् ।

रोजगार परिवर्तन गर्न अनुमोदन प्राप्त गर्न, नयाँ रोजगारदाताले मन्त्रालयको वेबसाइट मार्फत रोजगार प्रस्ताव पेश गर्नु पर्नेछ । श्रमिकले पेश गरेको सूचना मन्त्रालयले श्रमिकको रोजगारदातालाई स्थानान्तरणको लागि अनुरोध गर्दै कार्य अवधिको सूचना पठाउने छ ।

नयाँ रोजगारदाताले ज्याला संरक्षण कार्यक्रम, कागजात र पूरा गर्ने कार्यक्रम र आत्म-मूल्यांकन कार्यक्रमको पालना गर्नुपर्दछ । भिसा स्थानान्तरणमा थप शुल्क लाग्ने छैन । यसले जारी भिसाको स्थितिलाई पनि असर नगर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले कफाला प्रणाली अन्त्यका मापदण्ड पनि सार्वजनिक गरेको छ ।  

यस्ता छन् शर्तहरू

– कामदारहरूले शुरूको रोजगारदाता कम्पनीमा कम्तिमा १ बर्ष काम गरिसकेपछि रोजगारदाता परिवर्तन गर्न पाउनेछन ।

– कामदारसंग सरकारले प्रमाणिकरण गरिदिएको (Notorized) करार पत्र (Agreement) हुनुपर्नेछ ।

– नयाँ रोजगारदाताले मन्त्रालयको Qiwa वेबसाइटमा नयाँ रोजगारका लागि बिज्ञापन गरेको हुनुपर्नेछ । सो को सूचना मन्त्रालयले कामदार कार्यरत रोजगारदातालाई दिएर अर्को रोजगारदाता परिवर्तन सेवा माग्नेछ ।

– नयाँ रोजगारदाताले साउदी अरबको प्रचलित कानुन बमोजिम कामदारहरूलाई नियमित तलब सुविधा दिएको हुनुपर्नेछ ।

रोजगारदाताको अनुमति बिनै नयाँ रोजगारमा जान यस्ता छन् शर्त

– हालको रोजगारदाताले ट्रान्सफरका लागि स्वीकृति दिएमा

– साउदी प्रबेश गरेको ३ महिनासम्म पनि प्रमाणित करारपत्र नदिएमा

– ३ महिनासम्म लगातार तलब नदिएमा

– कम्पनी मालिक लामो समयदेखि बिदेशमा रहेको, जेलमा परेको, मृत्यु भएको या अन्य कारण अनुपस्थित रहेकोमा

– कामदारको इकामा म्याद सकिएकोमा

– रोजगारदाता मानव तस्करीमा सरिक भएको या अन्य गैर कानुनी कार्य गरेको पाइएमा

– कामदारहरूका उजुरीमा श्रम अदालतले तारेकमा बोलाउंदा लगातार २ पटकसम्म अनुपस्थित रहेकोमा

यो नयाँ श्रम कानुन २०२१ मार्च देखि मात्र लागू हुनेछ । नयाँ योजनाले श्रमिकहरुलाई रोजगार परिवर्तन गर्ने र रोजगारदाताको अनुमति बिना देश छोड्ने अधिकारसमेत दिएको छ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ८ : २० बजे

नेपालको प्राथमिक पुँजी बजारमा सुधारको खाका, धितोपत्र बोर्डद्वारा ‘भिजन २०३५’ सहितको श्वेतपत्र सार्वजनिक

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पुँजी बजारलाई आधुनिक, प्रविधिमैत्री

पटनामा सडक दुर्घटनापछि हिंसात्मक प्रदर्शन : १० वटा गाडीमा आगजनी, प्रहरी चौकी पनि जलाइयो

काठमाडौं- भारतको बिहार राज्यको राजधानी पटनामा सडक दुर्घटनामा एक युवकको

थाइल्यान्डको विद्यालयमा गोलीकाण्ड : हजुरबाको पेस्तोलबाट ९ कक्षाका विद्यार्थीले लिए शिक्षकसहित ६ जनाको ज्यान

काठमाडौं- थाइल्यान्डको राजधानी बैंकक नजिकैको एक उच्च माध्यमिक विद्यालयमा शुक्रबार

प्रतिनिधिसभा बैठक : ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा सेन्टर

‘सर्वोच्चको आदेशलाई सम्मान गर्छौं, विशेष महाधिवेशनको औचित्य फेरि पुष्टि हुन्छ’

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी