१६ बुँदेमा सहमति नजुट्दा पुनः सर्‍यो काँग्रेस बैठक « Khabarhub

१६ बुँदेमा सहमति नजुट्दा पुनः सर्‍यो काँग्रेस बैठक


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ ।

सोमबार दिनको १ बजे पार्टी कार्यालय सानेपामा बस्ने भनिएको बैठक २७ गते बिहीबारसम्मका लागि सारिएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत आइतबार जानकारी दिएका छन् ।

उनका अनुसार बिहीबारको बैठक दिउँसो १ बजे बस्नेछ । यसअघि २१ गते शुक्रबारका लागि बोलाइएको बैठक पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका मागमा सहमति नजुटेपछि सोमबारका लागि सारिएको थियो ।

पौडेल पक्षले असोज ११ गते केन्द्रीय कार्यालयमा दर्ता गराएका विषय सम्बोधन नभए बैठकमा नजाने जनाउ दिएपछि पटक पटक बैठक सर्दै आएको छ । आन्तरिक विवादलाई अनौपचारिक बैठकमै टुंग्याउन पौडेल पक्षले जोड दिँदै आएको छ ।

काँग्रेसका शीर्ष नेताबीच पार्टी केन्द्रीय विभागको गठन, क्रियाशील सदस्यताको वितरण, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिका सम्बन्धमा सहमति हुन नसकेपछि बैठक सारिएको छ ।

उक्त विषयमा विधान विपरीत निर्णय भएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका पदाधिकारी र केन्द्रीय सदस्य गरी २७ जनाको हस्ताक्षर गरेर पार्टी केन्द्रीय कार्यालयमा असोज १२ गते १६ बुँदे ज्ञापनपत्र दर्ता गरेको थियो । १७ असोजयता पौडेल पक्षाको १६ बुँदे ज्ञापनपत्रमा काँग्रेस अल्झिएको छ ।

पौडेल पक्षले विधान विपरीतका निर्णय खारेज गर्नुपर्ने अडान राखेको छ भने सभापति शेरबहादुर देउवा पक्षले विधानसम्म नै निर्णय भएको जनाउँदै आएको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ७ : ०५ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी