साथीको हत्यामा संलग्न फरार अभियुक्त पक्राउ | Khabarhub Khabarhub

साथीको हत्यामा संलग्न फरार अभियुक्त पक्राउ


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले हत्या अभियोगमा फरार रहेका मकवानपुर गढी गाउँपालिका-१ बस्ने २८ वर्षीय कुमार भन्ने मान कुमार थिङलाई पक्राउ गरेको छ ।

ललितपुर बालकुमारी डेरा गरी बस्ने उदयपुर कटारी नगरपालिका-२ गरास घर भएका आफ्नै साथी ३३ वर्षीय हरि खड्काको हत्या आरोपमा फरार रहेका थिङलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

२०७६ साउन २८ गते ललितपुर, ललितपुर महानगरपालिका-९ गुहे पोखरीमा खड्काको हत्या गरेको अवस्थामा शव फेला परेको घटनाको थप अनुसन्धानका लागि महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न थिङलाई मकवानपुर गढी गाउँपालिका-१ ठाँटीटोलबाट पक्राउ गरेको हो ।

खड्का र थिङबीच करिब ९ वर्ष अगाडिदेखि मूर्ति बनाउने काम गर्ने क्रममा एकआपसमा चिनजान भई खड्काकी श्रीमतीसँग समेत थिङको चिनजान भई मोबाइलमा मेसेज आदानप्रदान भएको कुरा खड्काले थाहा पाएपश्चात उनीहरुबीच बिवाद भएकोमा २०७६ साउन २५ गते ललितपुर, ललितपुर महानगरपालिका-९ गुहे पोखरीमा खड्कालाई बोलाएर थिङ समेतका व्यक्तिहरुले कुटपिट गरी हत्या पश्चात फरार भएको अनुसन्धानबाट खुल्न आएको उक्त महाशाखाले जनाएको छ ।

घटनामा संलग्न धने भन्ने आरुष थिङ, मृतक खड्काकी श्रीमती विष्णु खड्का, दिपक बम्जन, राम बम्जन र सागर वाइवालाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो । थिङलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  १० : ५६ बजे

सञ्चालनमा आयोग ग्वार्कोमा निर्मित ओभरपास, सवारी जाम घट्ने

काठमाडौं– ललितपुरको ग्वार्कोमा ३९ महिना लगाएर निर्माण गरिएको ओभरपास शुक्रबारदेखि

‘माग्ने बूढा’ले एक फिल्मबाट लिए ६१ लाख पारिश्रमिक ?

काठमाडौं – अहिले अनमोल केसी र प्रदीप खड्का जस्ता स्टार

वित्तीय क्षेत्रमा आर्थिक पत्रकारको भूमिका महत्त्वपूर्ण छ : डेपुटी गभर्नर मिश्र

काठमाडौं– नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले आर्थिक

अजयको ‘सन अफ सरदार २’ जुलाई २० बाट प्रदर्शनमा आउने

काठमाडौं– सन् २०१२ मा प्रदर्शनमा आएको बलिउड फिल्म ‘सन अफ

इरानमा शासन परिवर्तनको चर्चा अस्वीकार्य : क्रेमलिन प्रवक्ता

मस्को– क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले इरानमा शासन परिवर्तनको कुनै