काठमाडाैँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै विविधताबीचको राष्ट्रिय एकतालाई अझ बलियो बनाउन आह्वान गरेका छन्।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै सभापति लामिछानेले उज्यालो, उमङ्ग र उत्साहको पर्व तिहार तथा आस्था र समर्पणको पर्व छठले सबै नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ आशाको सञ्चार गर्ने विश्वास व्यक्त गरेका छन्। यी चाडपर्वहरूले परिवार, समाज र समुदायबीचको प्रेम, सद्भाव र आपसी विश्वासलाई थप सुदृढ बनाउने उनको भनाइ छ।
साथै, राष्ट्रिय एकताको सन्देश दिन यस वर्षको छठ पर्व मनाउन आफू जनकपुरधामस्थित गङ्गासागर जाने जानकारी पनि उनले दिएका छन्।














प्रतिक्रिया