डेनमार्कबाट बेलायत आवागनमा प्रतिबन्ध « Khabarhub

डेनमार्कबाट बेलायत आवागनमा प्रतिबन्ध


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बेलायतले डेनमार्कबाट हुने सबै आवागमनमा प्रतिबन्ध लगाएको छ ।

अधिकारीहरुका अनुसार शनिबारदेखि बेलायतले डेनमार्कबाट हुने आवागमनमा प्रतिबन्ध गरेको हो । डेनमार्कमा पछिल्लो समयमा कोभिड-१९ का संक्रमितहरुको संख्या बढ्दै गएपछि उडानमा  प्रतिबन्ध लगाइएको हो ।

डेनमार्कको डेनिस मिन्क फार्ममा कोरोना भाइरसको प्रकोप बढ्दै गएका कारणले त्यहाँबाट बेलायतमा हुने गरेको आवागमनमा प्रतिबन्ध लगाइएको अधिकारीहरुले जनाएका छन् ।

त्यस फार्ममा ठूलो संख्यामा पशु चौपाया पनि रहेको र त्यहाँ कोरोना भाइरसको प्रकोप फैलिएको अनुमान गरिएको थियो । त्यसैले बेलायतले डेनमार्कबाट आउने नागरिकलाई बेलायत प्रवेशमा प्रतिबन्ध लगाएको बताएको छ ।

पछिल्लो समयमा बेलायतमा पनि ठूलो संख्यामा कोरोना भाइरसको प्रकोप बढ्दै गएको छ । जसका कारणले बेलायतमा पनि ठूलो मात्रामा प्रतिबन्धहरु लगाइएको छ ।

शनिबारबाट आगामी १४ दिनसम्मका लागि डेनमार्कबाट आउने नागरिकहरु बेलायत प्रवेश गर्न नपाउने बनाइएको छ । बेलायतको सीमा सुरक्षा बललाई डेनमार्कबाट आउने नागरिकलाई प्रवेश गर्न नदिन आदेश दिएको जनाइएको छ ।

आगामी १४ दिनसम्मका लागि डेनमार्कमा रहेका बेलायती नागरिकलाई पनि प्रतिबन्ध लगाइने बेलायतको अध्यागमनसम्बन्धी अधिकारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ६ : ३५ बजे

अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गर्छौँ : संयोजक दाहाल

त्रिवेणी– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अनुभवी कलाकार भुवन केसी र जितु नेपालसँग फिल्म गर्दै रियान

काठमाडौं – निर्देशक घनश्याम लामिछानेले फिल्म ‘तिमी मेरो म तिम्रो’

स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

काठमाडौं- सहरी विकास मन्त्रालयले काठमाडौँको बागमती र सहायक नदी किनारका

‘सरकारको नीतिले ठूलो सामाजिक समस्या निम्तिएर ५० लाख मानिस गरिब हुँदैछन्’

काठमाडौं- नेकपा (एमाले)का महामन्त्री शंकर पोखरेलले लालपूर्जा नभएका नागरिकलाई हटाउने

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण