चन्द्रमा सिंह राशिमा, आज कुन दिशातर्फको यात्रा शुभ रहनेछ ? « Khabarhub

चन्द्रमा सिंह राशिमा, आज कुन दिशातर्फको यात्रा शुभ रहनेछ ?


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

आज मिति २०७७ कात्तिक २४ गते सोमबार, इस्वीसंवत नभेम्वर ९ तारिक सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सर:, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कात्तिक कृष्ण पक्ष चलिरहेको छ ।

सौरमान अनुसार आज कात्तिक कृष्णपक्षको नवमी तिथि रहनेछ । आज मघा नक्षत्र, विष्कुम्भादि योगमा ब्रह्म, करणमा तैतिल, आनन्दादि योगमा ध्वांक्ष रहनेछ ।

सूर्य तुला राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । आज दिनमान २७ घटि ०९ पला अर्थात १० घण्टा ५५ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ बजेर २१ मिनेटमा मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ बजेर १३ मिनेटमा हुनेछ ।

चन्द्रमा सिंह राशिमा छन् त्यसैले उत्तर बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज सोमबार परेकाले पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला ।

शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला

बिहान ६:१९ बजेदेखि ७:४१ बजेसम्म अमृत बेला
बिहान ७:४१ बजेदेखि ९:०३ बजेसम्म काल बेला
बिहान ९:०२ बजेदेखि १०:२५ बजेसम्म शुभ बेला
बिहान १०:२५ बजेदेखि ११:४७ बजेसम्म रोग बेला
बिहान ११:४७ बजेदेखि १:०९ बजेसम्म उद्धेग बेला
दिनमा १:०९ बजेदेखि २:३१ बजेसम्म चर बेला
दिउँसो २:३१ बजेदेखि ३:५३ बजेसम्म लाभ बेला
दिउँसो ३:५३ बजेदेखि ५:१५ बजेसम्म अमृत बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा ७:३० देखि ९:०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ७ : ०६ बजे

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न