नुवाकोटमा निषेधाज्ञा, देउसीभैलो खेल्न नपाइने | Khabarhub Khabarhub

नुवाकोटमा निषेधाज्ञा, देउसीभैलो खेल्न नपाइने


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट- कोरोना भाइरसको सङ्क्रमण फैलिने डरले यस वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आइतबार बसेको जिल्ला सङ्कट व्यावस्थापन केन्द्रको बैठकको निर्णयपश्चात प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जारी गरेको आदेशानुसार यही कात्तिक २६ गतेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा लगाइएकाले यो वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको हो ।

काठमाडौँस्थित विशिष्ट सेवा प्रवाह गर्ने अस्पतालहरू कोरोना सङ्क्रमितले भरिभराउ भइसकेको र आईसीयू तथा भेन्टिलेटर सेवा पर्याप्त नभएकाले रोग नियन्त्रणका लागि नुवाकोटमा २६ गतेदेखि लागू हुने गरी निषेधाज्ञा लागू गरिएकाले आदेश पालना गर्न सबैलाई अपिल गरिएको छ ।

जिल्लाको धार्मिक, सांस्कृतिक तथा समूहमा भेला भएर गरिने कार्यक्रमले रोगको जोखिम बढाउने भन्दै निषेधाज्ञा जारी गरिएकाले यो वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने प्रमुख जिल्ला अधिकारी ढकालले जारी गरेको आदेशमा भनिएको छ ।

निषेधाज्ञाको समयमा अहिलेको जस्तै दैनिकी सामान्यरूपमा चलाउन बजार क्षेत्र खुला राख्ने, गाडी सञ्चालन कायमै रहने भए पनि त्यसका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने भनिएको छ ।

स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भए–नभएको बारेमा जनप्रतिनिधिसहित प्रहरीको टोलीलाई अनुगमन गर्ने जिम्मेवारी दिइएको छ ।

नुवाकोटमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ६१९ पुगेको छ । तीमध्ये २८८ जना रोग जितेर घर फर्किसकेका छन् भने ३२९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

सक्रिय सङ्क्रमतिमध्ये सात जना त्रिशूली अस्पतालको आइसोलेसनमा र ३२२ जनालाई चिकित्सकको निगरानीमा घरकै एकान्तबासमा राखिएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकृत उत्तमराज खनालले जानकारी दिए ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ८ : ४२ बजे

बिपी राजमार्गमा राति १० घण्टा यातायात सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – बिपी राजमार्गमा भोलि शनिबार राति १२ः३० देखि बिहान

‘मिस्टर महानगर’का लागि ३८ जना खेलाडीबीच प्रतिस्पर्धा हुने

काठमाडौं – ‘मिस्टर महानगर’ शारीरिक सुगठन प्रतियोगिताका लागि ३८ जना

मोटरसाइकल र साइकल ठोक्किँदा तीनजनाको मृत्यु

सिरहा – सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा आज दिउँसो

नेपालविरुद्ध स्कटल्याण्डका जर्ज मुन्सेको अर्धशतक

काठमाडौं – स्कटल्याण्डमा जारी टी–ट्वान्टी आई सिरिजको अन्तिम खेलमा नेपालले

झापामा ढुंगा प्रहार गरी एक जनाको हत्या

झापा – झापामा झगडाका क्रम ढुङ्गा प्रहारबाट एक जनाको ज्यान