बुशले बाइडेनलाई बधाई दिएपछि रिपब्लिकन पार्टीभित्र मतभेद | Khabarhub Khabarhub

बुशले बाइडेनलाई बधाई दिएपछि रिपब्लिकन पार्टीभित्र मतभेद


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भएको राष्ट्रपतीय निर्वाचनमा हार बेहोरेपछि उनी आबद्ध रिपब्लिक पार्टीमा विवाद उत्पन्न भएको छ ।

ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाएका छन् भने रिपब्लिकन पार्टीका केही ठूला नेताहरूले पनि ट्रम्पको हार स्वीकारेका छैनन् ।

यता पार्टीका नेता एवम् पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुसले राष्ट्रपतिमा चुनिएका जो बाइडनलाई बधाई दिँदै चुनाव निष्पक्ष भएको प्रतिक्रिया दिएका छन् । उनको बधाईले पार्टीभित्र मतभेद देखिएको छ ।

हाउस अफ रिप्रेजेन्टेटीभका पार्टी नेता केविन म्याक्कर्थीले हरेक कानूनी चुनौतीमाथि विचार गर्नुपर्ने धारणा राखेका छन् ।

राष्ट्रपति ट्रम्पले धाँधली भएको भन्दै चुनावी परिणाम चोरिएको समेत आरोप लगाएका छन् । उनले आफूले जितेको पनि सामाजिक सञ्जालमार्फत दाबी गरेका छन् । फेसबूक र ट्वीटरले ट्रम्पका पोस्टहरूलाई मोनिटर गरिरहेको छ र ट्रम्पले दाबी गरेका पोस्टसँगै बाइडेनले चुनाव जितेको पनि सूचना सम्प्रेषण गरेको छ ।

‘यी मानिस चोर हुन् भन्ने हामी ठान्छौं, यो एक चोर लागेको चुनाव हो,’ ट्रम्पले एक ट्वीटमा भनेका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  १२ : ०१ बजे

पाँचथरको हेंवा खोलामा ‘मोडुलर बेलिब्रिज’ जडान

पाँचथर– पाँचथरको हेंवा खोलामा ‘मोडुलर बेलिब्रिज’ जडान गरिएको छ ।

कृषि समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक

यी भूभागमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज श्रीकृष्ण जन्माष्टमी पर्व

काठमाडौं – ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै

काठमाडौं– ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ