अफगानिस्तानमा भएको हिंसात्मक हमलामा आठ जनाको मृत्यु « Khabarhub

अफगानिस्तानमा भएको हिंसात्मक हमलामा आठ जनाको मृत्यु


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल – अफगानिस्तानको गजनी प्रान्तमा भएको एक हिंसात्मक हमलामा परी ८ जना सर्वसाधारणको ज्यान गएको छ ।

उक्त प्रान्तको नवा अवाद भन्ने क्षेत्रमा भएको सो हिंसामा परी ८ जना सर्वसाधारणको ज्यान जानुका साथै अरु करिब ७ जना गम्भीर रुपमा घाइते भएका बताइएको छ ।

नवा अवाद क्षेत्रको एक अवास क्षेत्रमा मोर्टार प्रहार भएको छ । त्यसमा परी सो क्षेत्रमा बसोबास गरिआएका ती नागरिकको ज्यान गएको बताइएको छ । सो गजनी प्रान्तका प्रान्तीय प्रवक्ता जाहिदुल्लाह जुमाले जानकारी दिएका छन् ।

सो आवास क्षेत्रमा भएको मोर्टार प्रहारमा परेर त्यहाँ बसिरहेका ८ जनाको ज्यान गएको छ भने अरु ७ जना नराम्ररी घाइते भएका प्रवक्ता जुमाले बताएका हुन् ।

आइतबार साँझ सो क्षेत्रमा मोर्टार प्रहार भएको थियो । तर त्यो मोर्टार कसले र किन हानेको हो भन्ने बारेमा भने केही पनि बताइएको छैन । तर पनि अफगानिस्तानमा हिंसा गरिरहेका तालिबानहरुले नै सो हमला गरेको हुनसक्ने यहाँका सुरक्षा निकायले दाबी गरेका छन् ।

यस हमलाको तालिबानहरुले भने कुनै जिम्मेवारी लिएका छैनन् । यस विषयमा उनीहरुबाट कुनै प्रतिक्रिया पनि आएको छैन ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  १ : १५ बजे

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको

क्रिकेटर रोहित पौडेलविरुद्ध आईसीसीको कारबाही

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको

उच्च मनोबलसहित महाधिवेशन प्रक्रियामा सरिक हुन गगन थापाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वडा अधिवेशनमा उत्साहजनक