अफगानिस्तानमा भएको हिंसात्मक हमलामा आठ जनाको मृत्यु « Khabarhub

अफगानिस्तानमा भएको हिंसात्मक हमलामा आठ जनाको मृत्यु


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल – अफगानिस्तानको गजनी प्रान्तमा भएको एक हिंसात्मक हमलामा परी ८ जना सर्वसाधारणको ज्यान गएको छ ।

उक्त प्रान्तको नवा अवाद भन्ने क्षेत्रमा भएको सो हिंसामा परी ८ जना सर्वसाधारणको ज्यान जानुका साथै अरु करिब ७ जना गम्भीर रुपमा घाइते भएका बताइएको छ ।

नवा अवाद क्षेत्रको एक अवास क्षेत्रमा मोर्टार प्रहार भएको छ । त्यसमा परी सो क्षेत्रमा बसोबास गरिआएका ती नागरिकको ज्यान गएको बताइएको छ । सो गजनी प्रान्तका प्रान्तीय प्रवक्ता जाहिदुल्लाह जुमाले जानकारी दिएका छन् ।

सो आवास क्षेत्रमा भएको मोर्टार प्रहारमा परेर त्यहाँ बसिरहेका ८ जनाको ज्यान गएको छ भने अरु ७ जना नराम्ररी घाइते भएका प्रवक्ता जुमाले बताएका हुन् ।

आइतबार साँझ सो क्षेत्रमा मोर्टार प्रहार भएको थियो । तर त्यो मोर्टार कसले र किन हानेको हो भन्ने बारेमा भने केही पनि बताइएको छैन । तर पनि अफगानिस्तानमा हिंसा गरिरहेका तालिबानहरुले नै सो हमला गरेको हुनसक्ने यहाँका सुरक्षा निकायले दाबी गरेका छन् ।

यस हमलाको तालिबानहरुले भने कुनै जिम्मेवारी लिएका छैनन् । यस विषयमा उनीहरुबाट कुनै प्रतिक्रिया पनि आएको छैन ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  १ : १५ बजे

चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी– उत्तरी चीनको एउटा  कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इलाम २ मा एमालेका सुहाङ नेम्वाङले गराए उम्मेदवारी दर्ता

काठमाडौं– इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट

एमालेका ठाकुर गैरेले पाल्पा २ बाट उम्मेदवारी दर्ता गरे

काठमाडौं – नेकपा एमालेका ठाकुर गैरेले पाल्पा क्षेत्र नम्बर २

बैतडीबाट दामोदर भण्डारीको मनोनयन दर्ता

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि