भिजिट भिसाको म्याद सकिएकाले नोभेम्बर भित्र कुवेत छोड्नु पर्ने | Khabarhub Khabarhub

भिजिट भिसाको म्याद सकिएकाले नोभेम्बर भित्र कुवेत छोड्नु पर्ने


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- भिजिट भिसा समाप्त भएर पनि कवेतमा बसेकाहरूले  नोभेम्बर ३० अघिनै मुलुक छोड्नु पर्ने त्यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सबै प्रकारका भिजिट भिसामा प्रवेश गरेका र म्याद सकिएका सबैलाई कुवेत छोड्न अनुरोध गरेको छ । भिजिट समाप्त भएकाहरुलाई यात्रा प्रक्रिया सुरू गर्नसमेत अनुरोध गरिएको छ ।

अटेरी गरेर बस्ने सबैलाई डिपोट गरी पठाइने मन्त्रालयलाई उदृत गर्दै अरब टाइम्सले जनाएको छ । यसरी पठाईएका जो कोहीले पनि फेरि कुवेत प्रवेश गर्न पाउने छैन् ।

सबै प्रायोजकहरू र रोजगारदाताहरूलाई उनीहरूको प्रायोजित व्यक्तिको रेसिडेन्सी भिसा भएकाहरुको नोभेम्बर ३० सम्म सिभिल आइडी बनाउन मन्त्रालयको वेबसाइट मार्फत वा निवास सम्बन्ध विभागमा गएर नवीकरण गर्न अनुरोध गरिएको छ।

कोरोना भाइरसको विषम परिस्थितिका कारण  नेपाललगायतका विभिन्न मुलुकहरूमा अन्तर्राष्ट्रिय हवाई उडानहरू (चार्टर्ड उडान बाहेक) संचालनमा नआएपछि कुवेतले भिसाको म्याद थप्दै आएको थियो ।

पहिले थप गरिएको ३ महिनाको अवधिसमेत समाप्त भएपछि कुवेतले थप ३ महिना (३० नोभेम्बरसम्म)को भिसाको म्याद थपेको थियो ।

 

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ८ : ४० बजे

बोल्सोनारोलाई २७ वर्ष जेल सजाय, ब्राजिल विभाजित

ब्रासिलिया- ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जेयर बोल्सोनारोलाई बिहीबार २७ वर्षको

पोल्यान्डको सीमा नीति असन्तुलित : रूस

मस्को- रूसले पोल्यान्डलाई बेलारुससँगको सीमाना बन्द गर्ने निर्णय पुनर्विचार गर्न

गण्डकी प्रदेशभर फरार रहेकामध्ये ७० जना कैदीबन्दी प्रहरी नियन्त्रणमा

काठमाडौं– जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशका विभिन्न कारागारबाट भागेका ७० जना

पाँच दिनदेखि शवको पखाईमा परिवार

राँझा– जेनजी आन्दोलनको क्रममा काठमाडौंमा ज्यान गुमाएका नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी