चुनाव हारेका ट्रम्पले पद हस्तान्तरण नगरे के होला ? यस्तो छ विगत | Khabarhub Khabarhub

चुनाव हारेका ट्रम्पले पद हस्तान्तरण नगरे के होला ? यस्तो छ विगत


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपतीय चुनाव हारेका राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै पनि पराजय स्वीकारेका छैनन् । बरू, चुनावमा धाँधली भएको भन्दै उनले अदालती प्रकिया सुरू गरेर कानुनी चुनौती दिएका छन् ।

४६औँ राष्ट्रपतिमा निर्वाचित जो बाइडेन आफ्नो कार्यकालको कार्ययोजना बनाउन लागि परेका छन् ।

अब सबै प्रकिया पूरा गरेर सहजरूपमा सत्ता हस्तान्तरण भए बाइडेनले कम्तीमा अढाई महिनाभित्र ह्वाइट हाउसमा राष्ट्रपति पदको कुर्सीमा आसिन हुनेछन् । उनले आगामी जनवरी २० मा शपथ ग्रहण गरेपछि पदभार ग्रहण गर्नेछन् ।

त्यतिबेलासम्म अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्पले नै राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन् । त्यसपछि पनि ट्रम्पले सहजै पद हस्तान्तरण नगर्ने संकेत गरिरहेका छन् । यदि उनले पद छोड्न अस्वीकार गरे भने के होला ?  धेरैको चासो बढेको छ ।

अमेरिकामा बहालवाला राष्ट्रपतिले पराजित भएपछि पद हस्तान्तरण गर्न नमानेको घटना २२० वर्षअगाडि नै भइसकेको छ ।

सन् १८०० मा जोन एडम्सले चुचाव लडे । उक्त निर्वाचनमा उनी पराजित भए । उनका प्रतिद्वन्द्वी थोमस जेफरसनले चुनाव जिते ।

चुनाव हारेपछि जोन एडम्सले पद हस्तान्तरण गर्न मानेनन् ।

२० जनवरी १८०१ मा थोमस जेफरसनको शपथ ग्रहण समारोहमा पनि जोन सहभागी भएनन् । ह्वाइट हाउसका कर्मचारी पनि शपथ ग्रहण समारोहमा गएनन् ।

यही कारण २० जनवरीमा लेखिनुपर्ने मिड डे रुल्स पनि लेख्न सकिएन । यो त्यही दिन हो जुन दिन अमेरिकाको बहालवाला राष्ट्रपतिले नयाँ निर्वाचित राष्ट्रपतिलाई कार्यभार सुम्पिन्छन् ।

जोन भने आफ्नो अडानबाट पछि हट्न मानेनन् । उनले ह्वाइट हाउस पनि छोडेनन् र आफ्नो कार्यभार पनि थोमसलाई सुम्पिन मानेनन् ।

यस्तो स्थितिमा उनलाई ह्वाइट हाउसबाट बाहिर निकाल्ने कामको सुरुवात उनकै कर्मचारीले गरे । उनका कर्मचारीले उनको कुरा सुन्न छाडे । सबै सुरक्षा हटाइयो र आधिकारिक संचार प्रणाली काटियो ।

राष्ट्रपतिका कर्मचारीहरुले उनीसँग आदेश लिन बन्द गरे र राष्ट्रपति कार्यालय पनि हटाइयो ।

हारेपछि पनि ह्वाइट हाउस नछाडेका जोनलाई सेना, सीआइए, एफबीआइ र ह्वाइट हाउस स्टाफले बेवास्ता गर्न थाले । आफूलाई अपमानित भइरहेको देखेपछि अन्ततः जोनले हार स्वीकार गरे ।

आधिकारिक रुपमा उनले ४ मार्च १८०१ मा मात्रै थोमसलाई कार्यभार सुम्पिए ।

ट्रम्पले पनि कार्यभार सुम्पिन अस्वीकार गरेमा कर्मचारीहरूले आफ्नो प्राथमिकता बाइडेनतर्फ केन्द्रित गर्न सक्छन् ।

सीआइएले ट्रम्प र बाइडेन दुवैलाई ब्रिफिङ गर्न सुरु गर्न सक्छ । सीआइएको काउन्टर इन्टेलिजेन्स टिम जो सीआइएको लागि जासुसी गर्छ उनीहरुले दुवैलाई ब्रिफिङ गर्न थाल्न सक्छन् ।

ह्वाइट हाउसका कर्मचारी आफ्नो नयाँ राष्ट्रपतिको हिसाबले काम सुरु गर्न सक्छन् । २० जनवरी मध्य दिनपछि ह्वाइट हाउसका कर्मचारीले पुरानो राष्ट्रपतिको सामान बाहिर निकालेर नयाँ राष्ट्रपतिको सामान कसैको अनुमति बिना भित्र ल्याउन सक्छन् ।

जनवरीदेखि ट्रम्पको पारिश्रमिकबाट ह्वाइट हाउसको भाडा काटिन बन्द हुनेछ । जनवरीदेखि नै बाइडेनको राष्ट्रपतिको पारिश्रमिक आउन सुरु हुनेछ र ह्वाइट हाउसको भाडा बाइडेनको तलबबाट काटिनेछ ।

२० जनवरी मध्य दिनपछि मेलानिया ट्रम्प ह्वाइट हाउसकी बोस रहने छैनन् । उनको स्थानमा ह्वाइट हाउसका कर्मचारीले डा. जिल बाइडेनलाई आफ्नो बोस मान्न सक्छन् ।

२० जनवरी मध्य दिनदेखि राष्ट्रपतिका सबै आधिकारिक संचार प्रणाली ट्रम्पसँगबाट हटाइनेछ ।

पेन्टागन, सीआइए, अटर्नी जनरल, सिक्रेट सर्भिसेज र अधिकारीहरुले पुरानो राष्ट्रपतिलाई गार्ड दिनुभन्दा पहिलेसम्म संवाद जारी राख्नेछन् । तर, यो अवस्था आउन नदिन ट्रम्पले बेलैमा विजयी भएका बाइडेनलाई बधाई दिएर बाहिरन सक्छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  १० : १३ बजे

‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे

कैलाली – ‘अफ्रिकन स्वाइन फिभर’ का कारण कैलालीको घोडाघोडीमा ३८

उदयपुरगढी–चौदण्डीगढी ऐतिहासिक पदयात्रा सम्पन्न

काठमाडौं – राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती एवं राष्ट्रिय

जनकपुरमा एक लाख २५ हजार दीप प्रज्जवलन

धनुषा – विश्व हिन्दू परिषद् नेपालले अयोध्यास्थित श्रीराम मन्दिरको वार्षिकोत्सवका

नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट २१ जनाको मृत्यु

नाइजेरिया – नाइजेरियाको उत्तरपश्चिमी कात्सिना राज्यमा आपराधिक समूहको आक्रमणमा परी

गाजा युद्धविराम वार्ताबारे कतारद्वारा ट्रम्पका प्रतिनिधिलाई जानकारी

दोहा – इजिप्ट र अमेरिकासँग मिलेर मध्यस्थता गरिरहेको गाजा युद्धविराम