अमेरिकी संघीय न्याय विभागका निर्देशक पिल्जरले दिए राजीनामा « Khabarhub

अमेरिकी संघीय न्याय विभागका निर्देशक पिल्जरले दिए राजीनामा


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङटन – अमेरिकी संघीय न्याय विभागका निर्देशक रिचार्ड पिल्जरले राजीनामा दिएका छन् ।

महान्यायाधीवक्ता विलियम बारले विभागका केही प्रमुखहरुलाई “मेमो” पठाएर राष्ट्रपति चुनावमा धाँधली भए नभएको अनुसन्धान गर्न निर्देशन दिएपछि त्यसको विरोधमा पिल्जरले राजीनामा दिएका हुन् ।

पिल्जरले हाल महान्यायाधीवक्ताको कार्यालयमा चुनावसँग सम्बन्धित अपराधको छानबिन विभाग सम्हाल्दै आएका थिए ।

रिपब्लीकन पार्टी र राष्ट्रपति डोनाल्ड ट्रम्प दुबैले चुनावमा व्यापक धाँधली भएको आरोप लगाउँदै आएका छन् । राष्ट्रपति ट्रम्पले राष्ट्रपतिमा निर्वाचित डेमोक्रेटिक पार्टीका जो बाइडेनलाई बधाई समेत दिएका छैनन् भने चुनावी परिणामलाई पनि स्वीकार गरेका छैनन् ।

राष्ट्रपति ट्रम्पले हार स्वीकार्न अस्वीकार गरेसँगै उनका महान्यायाधीवक्ता विलियम बारले विभिन्न संघीय निकायहरुलाई पत्र (मेमो) लेखेर तत्काल छानबिन अगाडि बढाउन विवादास्पद निर्देशन दिएका छन् ।

महान्यायाधीवक्ता बारले चुनावको औपचारिक नतिजा सार्वजनिक हुनुअघि राष्ट्रपतिको गुनासोलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

अमेरिकी राष्ट्रपतिको चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन विजयी भए पनि राष्ट्रपति ट्रम्पले चुनावमा व्यापक धाँधली भएको आरोप लगाइरहेका छन् ।

राष्ट्रपतिको पक्षका वकिलहरुले अमेरिकाका विभिन्न राज्यका अदालतमा मुद्दा दायर गरिरहेका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ५ : ५८ बजे

म्यान्मारलाई सहायता रकम हस्तान्तरण

काठमाडौं– नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका दुई

पाटन ढोकामा जगदीश खरेलको मतदाता भेटघाट अभियान (तस्बिरहरू)

काठमाडौं– यही फागुन २१ गते हुने निर्वाचनको लागि आजदेखि घरदैलो

चुनाव नजिकिँदै गर्दा जेन-जी आन्दोलनका क्रममा भागेका सात कैदी पक्राउ

काठमाडौं – गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा काठमाडौं

सुरक्षित निर्वाचनका लागि सक्रियता बढाउँदै सेना, थाल्यो मोटरसाइकलमा गस्ती

सिन्धुली- आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित तथा निष्पक्ष रूपमा सम्पन्न गराउ

रुस-युक्रेन युद्धमा मारिएका सैनिकको परिवारलाई किम जोङ उनले राजधानीमै घर दिने

प्योङयाङ- रुस–युक्रेन युद्धमा ज्यान गुमाएका आफ्ना सैनिकका परिवारलाई लक्षित गर्दै