अमेरिकाद्वारा नेपाली सेनालाई अत्याधुनिक सैनिक सामाग्री सहयोग  « Khabarhub

अमेरिकाद्वारा नेपाली सेनालाई अत्याधुनिक सैनिक सामाग्री सहयोग 


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाले नेपाली सेनालाई बाढी, नदी तथा ताल–तलैयामा फसेकाहरुको उद्धारमा उपयोगी हुने १० थान अत्याधुनिक डुङ्गा सहयोग गरेको छ ।

अमेरिकाले ६ थान याफ्ट बोट र चारथान मिस्ट्रलबोट सहयाेग गरेकाे नेपाली सेनाले जनाएको छ ।

अमेरिकाका सैनिक सहचारी लेफ्टिनेन्ट मट सोभा र रक्षा समन्वय प्रमुख मेजर मिचेल पी ह्वाइटले ती बोटहरु नेपाली सेनाका महासेनानी राजेन्द्र मणि गिरीलाई हस्तानान्तरण गरेका हुन् ।

गौचरस्थित ब्यारेकमा ती सामाग्री नेपाली सेनालाई प्रदान गरिएको हो । नेपाली सेनाले यी सामाग्रीहरु बाढी तथा डुवान जस्ता जलउत्पन्न विपद्का समय उद्धार तथा राहत कार्यमा बहुउपयोगी हुने जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ७ : ४० बजे

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

काठमाडौं– नेपाल पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरिएको छ ।

विकल्पविहीन भएपछि सरकारले उठिबास लगाएका सुकुम्वासी रोज्दैछन् मृत्यु

काठमाडौं- सुकुम्वासीसँग प्रधानमन्त्री वालेन्द्र शाहको इगो नयाँ होइन । उनी

किएभमा रूसी हमलामा १२ जनाको मृत्यु

एजेन्सी- युक्रेनको राजधानी किएभ र आसपासका क्षेत्रमा रूसले गरेको लामो

‘’नीतिगत निर्णय’ को कानुनी जटिलता नफुकाए मन्त्रिपरिषदका निर्णयमाथि अनुसन्धान गर्न सकिँदैन’

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ’नीतिगत

सरोकारवालाले ‘पर्यटन विधेयक २०८१’ ल्याउनुपर्नेमा जोड

काठमाडौं– सरोकारवालाले ‘पर्यटन विधेयक २०८१’ ल्याउनुपर्नेमा जोड दिएका छन् ।