भिसा सकिएकाले ओमान छाड्दा जरिवाना र शुल्क तिर्नु नपर्ने « Khabarhub

भिसा सकिएकाले ओमान छाड्दा जरिवाना र शुल्क तिर्नु नपर्ने


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- आवासीय अनुमति पत्रको म्याद गुज्रिएर ओमान छाड्न चाहने आप्रवासी कामदारहरू कुनै पनि जरिवाना वा शुल्क नतिरी आफ्नो मुलुक फर्किन सक्ने भएका छन् ।

ओमानको श्रम मन्त्रालयका अनुसार रोजगारदाता तथा प्रवासी जनशक्तिको भिसाको अवधि सकिए पनि स्वदेश फर्कदा तत्काललाई अतिरिक्त शुल्क र जरिवानाबाट छुट दिने घोषणा गरेको छ ।

मन्त्रालयले अनलाइनमा जारी गरेको विज्ञप्ति अनुसार मुलुक छोड्न इच्छुक प्रवासी जनशक्तिलाई अनुमति दिइनेछ ।

भिसा अवधि सकिएको नै भए पनि रोजगारदाता र प्रवासी कामदारले हाललाई सबै शुल्क र जरिवानाबाट छुट पाउने छन्। तर, उनीहरूले १५ नोभेम्बरदेखि ३१ डिसेम्बरसम्म मुलुक छाडिसक्नु पर्ने जनाइएको छ ।

यता, ओमानस्थित नेपाली दूतावासले पनि एक सूचना जारी गर्दै आफ्नै खर्चमा स्वदेश फर्कन चाहने नेपालीले ३१ डिसेम्बरसम्म फर्कन आग्रह गरेको छ ।

१५ नोभेम्बरदेखि ३१ डिसेम्बरसम्म ओमान छोड्दा भिसाको अवधि सकिएको भए पनि शुल्क नलाग्ने भएकाले यो अवधिमा स्वदेश फर्कन सकिने दूतावासले जनाएको छ ।

स्वदेश फर्कन चाहने नेपाली नागरिकहरूले (पासपोर्टको म्याद सकिएको भएमा वा ट्राभल डकुमेन्ट बनाउन परेमा वा यस सम्बन्धी थप केही बुझ्न परेमा) दूतावासका श्रम सहचारी दिनेश ढकाललाई ७१५९-२५०६ मा सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ८ : २० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै