मैत्रीपूर्ण फुटबलमा पोर्चुगलको शानदार जित « Khabarhub

मैत्रीपूर्ण फुटबलमा पोर्चुगलको शानदार जित


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले शानदार जित हात पारेको छ ।

बुधबार राति भएको खेलमा पोचुगलले एन्डोरालाई ७-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा पहिलो हाफमा दुई गोल गरेको पोर्चुगलले दोस्रो हाफमा थप ५ गोल गर्दै शानदार जित निकालेको हो ।

आठौं मिनेटमा पेड्रो नेटोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।

२९औँ मिनेटमा पाउलिन्होले गोल गरेपछि पोर्चुगल पहिलो हाफमा २-० ले अघि रह्यो । खेलको ५६औँ मिनेटमा रेनाटो सान्चेसले गोल गर्दा पोर्चुगल ३-० ले अघि रह्यो ।

पाउलिन्होले ६१औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगलको अग्रता ४-० को बन्यो ।

खेलको ७६औँ मिनेटमा एमिली गार्सियाले आत्मघाती गोल गरेपछि पोर्चुगलले ५-० को अग्रता बनायो ।

८५औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगलको अग्रता ६-० को बनाए । खेलको ८८औं मिनेटमा जोआ फेलिक्सले गोल गर्दै पोर्चुगललाई ७-० को जित दिलाए ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ८ : ०९ बजे

‘सभामुखको कार्यशैली र सरकारको भूमिकाप्रति प्रश्न उठाउँदै सदनमा विरोध गरेका हौँ’

काठमाडौं– नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले सरकारलाई

नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान

नेपालगञ्ज– नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान सुरु गरिएको छ । बढ्दो

संस्थापनको कारबाही र लखेटाइले कार्यकर्ताको आत्मसम्मानमा चोट पुग्यो : धवलशमशेर राणा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले नयाँ राजनीतिक दल

झापामा हुरी र वर्षाले केराखेती नष्ट

सुरुङ्गा– गतहप्ता आएको हुरी वर्षाले झापाका विभिन्न स्थानमा गरिएको केराखेती

‘दक्षिणा आउने भरमा उधारो खाएजस्तै स्रोतविहीन बजेट ल्याइयो’

काठमाडौं– नेपाली कांग्रेसका सांसद सन्दीप रानाले महत्वकांक्षी बजेटले जनतामा निराशा