उच्च रक्तश्रावले सुत्केरीको मृत्यु « Khabarhub

उच्च रक्तश्रावले सुत्केरीको मृत्यु


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- दिपायल सिलगढी नगरपालिका–४ कुमालीकोटकी ३० वर्षीया डम्बरीदेवी साहु कठायतको उच्च रक्तश्रावले मृत्यु भएको छ ।

चार दिनअघि दिपायलको राजपुरमा रहेको सुजङ्ग अस्पतालमा सामान्यरूपमा शिशुलाई जन्म दिएकी उनको रक्तश्राव नरोकिएपछि सेती प्रादेशिक अस्पताल सिफारिस गरिएको थियो ।

प्रादेशिक अस्पतालमा समेत उपचार गर्दा रक्तश्राव नरोकिएको उनको मृत्यु भएको स्थानीयवासी योगेन्द्र कठायतले जानकारी दिए ।

नवजात शिशुको अवस्था भने सामान्य रहेको चिकित्सकले जनाएका छन् । मृतकका अरू दुई छोरी पनि छन् । ती महिलाको बुधबार नै अन्त्येष्टि गरिएको घरपरिवारले जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ८ : २५ बजे

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले