पूर्वमन्त्री भीमप्रसाद गौतमको निधन | Khabarhub Khabarhub

पूर्वमन्त्री भीमप्रसाद गौतमको निधन


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- पूर्वमन्त्री भीमप्रसाद गौतमको निधन भएको छ ।

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत रहेका गौतमको ७२ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

तनहुँको बन्दीपुर गाउँपालिका–१ पिप्ले निवासी गौतमको आफ्नै घरमा निधन भएको हो ।

करिब १५ दिनदेखि निमोनियाबाट ग्रसित गौतमको केही समयअघि अस्पतालमा उपचारपश्चात घरमा राखिएको थियो ।

उनको आजै देवघाटमा दाहसंस्कार गर्ने अन्तिम तयारी भइरहेको बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोखरेलले जानकारी दिए ।

उनी भूमिसुधार मन्त्री एवं संविधानसभा सदस्य पनि भएका थिए ।उनका श्रीमती, दुई छोरा र चार छोरी छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ९ : २५ बजे

माधवको धर्मसंकट : नैतिकता देखाउने कि ‘लिसो’ बन्ने ?

काठमाडौं- नेपालको समकालीन राजनीतिमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार

रुसको कुर्स्क क्षेत्रमा नौसेना उपप्रमुखको मृत्यु

मस्को– कुर्स्क क्षेत्रमा जारी भिडन्तका क्रममा नौसेनाका उप-कमाण्डरका रुपमा कार्यरत

 भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदनमा प्रतिरोध कायमै राख्छौँ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति

प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

मेड्रिड– स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज