हुलाकीदेखि जिल्लाका अधिकांश सडक दयनीय | Khabarhub Khabarhub

हुलाकीदेखि जिल्लाका अधिकांश सडक दयनीय


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही – जिल्लाका अधिकांश ग्रामीण सडक धुलाम्मे हुँदा चाडपर्वका समयमा गाउँघर फर्किने यात्रुले सास्ती पाएका छन् । लामो समयदेखि जीर्णावस्थामा रहेका जिल्लाका भित्री ग्रामीण सडक आवतजावत गर्नै मुश्किल पर्ने गरी धुलाम्मे भएका छन् ।

यसबाट पैदल यात्रीका साथै सवारी साधनमा यात्रा गर्ने यात्रीहरु मारमा परेका छन् ।

जिल्लाको पूर्वपश्चिम हुलाकी सडक, चन्द्रनगर, ब्रह्मपुरी हुँदै सदरमुकाम मलंगवासम्म पुग्ने सडक, हरिपूर्वाबाट पर्सा गाउँपालिका हुँदै सदरमुकाम मलंगवासँग जोडिएको सडक र नवलपुरबाट मलंगवा जोड्ने सडक जीर्ण छन् ।

यात्राका क्रममा चर्को घाममा ठूल्ठूला खाल्डाखुल्डी र कुहिरीमण्डल धूलो उड्ने हुलाकी सडकको यात्रा गर्दा बिरामी हुने अवस्था आएको एक यात्री रजनीश रायले बताए । अहिले धुलाम्मे सडक थोरै पानी पर्नेबित्तिकै हिलाम्मे भई पोखरीमा परिणत हुने र पानी नपर्दा धुलाम्मे हुने गरेका कारण स्थानीय पैदल यात्री तथा सवारी यात्री मारमा पर्ने गरेको पर्सा गाउँपालिका–१ का वडाध्यक्ष सुरेन्द्रकुमार रायले बताए ।

अत्यधिक खाल्डाखुल्डी र धुलाम्मे ग्रामीण सडकका कारण यात्रुलाई हैरानी हुनाका साथै दुर्घटना पनि बढ्न थालेको अध्यक्ष रायले बताए । विशेष गरी साँझका समयमा सवारी साधनको बढी आवागमन हुने भएकाले ग्रामीण सडकमा दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

जिल्लाका दक्षिण–पूर्वी र दक्षिण–पश्चिम भेगका नागरिकले ग्रामीण सडक अत्यन्त खराब हुँदा सदरमुकामसम्म आउजाउ गर्न समस्या भइरहेको गुनासो गरिरहेको मलंगवा नगरपालिकाका प्रमुख निरसल साहले बताए ।

नगरपालिका मातहतका सडक मर्मतसम्भार र निर्माणको काम चलिरहे पनि केन्द्र सरकारले लगानी गरिरहेको हुलाकी सडकमा आफूहरुले केही गर्न नसक्ने साहको भनाइ छ ।

त्यस्तै चुरे फेदीका बस्तीका नागरिक पनि सहज रुपमा सवारी साधन सञ्चालन गर्न सक्ने सडकको अभावका कारण मारमा परेका छन् ।

सरकारी उदासीनताका कारण वर्षौंँदेखि जीर्ण तथा निर्माणाधीन अति पुरानो हुलाकी सडकखण्डको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको र सो सडकखण्डको निर्माण तोकिएको समयमा पूरा हुन नसकेको भनी स्थानीयवासी आक्रोशित छन् ।

तराई–मधेशका जिल्ला जोड्ने हुलाकी सडकलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको भए पनि यसको निर्माणमा संघीय, प्रदेश र स्थानीय तीन वटै तहका सरकारले चासो नदेखाएका कारण ढिलाइ भइरहेको जानकारको भनाइ छ ।

उत्तरतर्फ सर्लाहीको पर्सा गाउँपालिकाअन्तर्गत संग्रामपुरपछि पर्ने महोत्तरी जिल्लामा निर्माण पूरा भइसकेको छ । संग्रामपुरदेखि सर्लाहीको सदरमुकाम मलंगवा हुँदै वाग्मतीसम्मको हुलाकी सडकको निर्माण रोकिएको छ ।

उक्त सडकमा कतै खाल्डाखुल्डी छन् भने कतै वर्षाको पानीले सडकनै बगाएको छ । जीर्ण सडकमा दिनहुँजसो दर्जनौंँ दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  २ : २५ बजे

बाँदरको बन्ध्याकरण : प्रदेशैपिच्छे प्रजनन केन्द्रको प्रस्ताव

काठमाडौं – बाँदरले देशभरका अधिकांश स्थानमा निम्त्याएको आतङ्कसँगै नियन्त्रणका लागि

आजका समाचार : अध्यादेशको बचाउमा कांग्रेस, उपेन्द्र थाप्दै च्याँखे दाउ, रवि हिरासततिर र गाजाक्षेत्र खाली गर्ने ट्रप्पको प्रस्ताव

चिया निर्यातलाई सहज बनाउने प्रधानमन्त्रीको आश्वासन प्रधानमन्त्री केपी शर्मा ओलीले

पर्यटन सचिवलाई टान गण्डकीको १४ बुँदे ज्ञापनपत्र

पोखरा– ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) गण्डकीले संस्कृति, पर्यटन

हुन्डी कारोबार गरेको आरोपमा पर्सामा एक जना पक्राउ

वीरगन्ज– पर्सा प्रहरीले हुन्डी कारोबारमा संलग्न भएको आशंकामा एक जनालाई

क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता-कार्यकर्ता माओवादी प्रवेश 

काठमाडौं– मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता-कार्यकर्ताहरू नेकपा माओवादी