चीनले ‘मुसलमानविरुद्ध दमन र अत्याचार’ गरेको भन्दै काठमाडौंमा प्रदर्शन « Khabarhub

चीनले ‘मुसलमानविरुद्ध दमन र अत्याचार’ गरेको भन्दै काठमाडौंमा प्रदर्शन


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनको सिन्जियानमा रहेका उइगुर मुसलमानमाथि चीन सरकारले गरेको दमन र अत्याचार बन्द गर्नुपर्ने माग राख्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।

चीनले मुस्लिम धर्म संस्कृतिमाथि लगाएको प्रतिबन्ध फिर्ता गर्नुपर्ने, मुसलमानलाई रोजा बस्न या बुर्खा लगाउन दिनुपर्ने लगायतका माग राखी ‘जमियत अलमा नेपाल’ को रोहवरमा विरोध प्रदर्शन गरिएको हो ।

चीन सरकारले मस्जिद लगायत मुस्लिम धर्मको केन्द्रहरु भत्काउने कदम रोक्न, उइगर मुसलमानमाथि अत्याचार बन्द गर्न र मुस्लिम संस्कृतिको बन्द अभिलम्ब फिर्ता गर्न चीनलाई ध्यानाकर्षण गराउन विरोध प्रदर्शन गरेको अलमा नेपालका सल्लाहकार युनुस हमरले खबरहबलाई बताए ।

उनले चीनले हिरासतमा रहेका उइगुरहरुरु तत्काल रिहा गर्नुपर्ने पनि बताए ।

चीनले उइगर मुस्लिमहरूमाथि कैदीलाई जस्तो व्यवहार गरेको भन्दै विश्वभर आलोचना हुने गरेको छ ।

राष्ट्रसङ्घको एक समितिले सिन्जियाङमा करिब दश लाख उइगुर मुस्लिमहरूलाई चीनले थुनामा राखेको बताएको थियो।

चिनियाँ प्रहरीले सिन्जियाङ प्रान्तमा लाखौँ उइगुर मुस्लिमलाई पूर्णत निगरानीमा राख्ने गरेको अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचको प्रतिवेदनमा उल्लेख छ ।

यसैको विरोधमा जमियत अलमा नेपालले उइगर मुस्लिमहरूको मानव अधिकार बहाली गर्नुपर्ने माग राख्दै प्रदर्शन गरेको हो ।

 

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ३ : ५७ बजे

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले