मलेसियामा नेपाली युवतीको हत्या गर्ने युवकको पहिचान खुल्यो | Khabarhub Khabarhub

मलेसियामा नेपाली युवतीको हत्या गर्ने युवकको पहिचान खुल्यो


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेशियामा एक नेपाली युवतीको हत्या भएको छ । मलेसियाको केलाङस्थित नेपाली रेष्टुरेण्टमा काम गर्दै आएकी ती युवतीलाई उनका नेपाली प्रेमीले हत्या गरेका हुन् ।

आइतमाया मगर (आरती मगर) नाम गरेकी युवतीको हत्या भएको प्रहरीले जनाएको छ । हत्या गर्ने नेपाली युवक युवतीको हत्यापछि बेहोस अवस्थामा भेटिएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

उनलाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ । मृतक युवती दार्जिलिङ भारतको भएपनि उनको राहदानी भने नेपाली रहेको छ ।

ती युवक र युवतीबीच प्रेम सम्बन्धमा रहेको बताइएको छ । युवतीको हत्या गर्ने युवकको पहिचान खुलेको छ । हत्या गर्ने युवक गणेशबहादुर कार्की रहेको र नेपालमा उनको घर मुगा–६ धनकुटामा रहेको बताइएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ४ : २५ बजे

गृहमन्त्री अर्यालले भने- कानुन भन्दा माथि बस्ने छुट केपी ओलीलाई छैन 

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले कानुन भन्दा माथि बस्ने छुट केपी

प्रहरी कार्यालय पुनर्निर्माण गर्न १० लाख सहयोग

बनियानी– इलाका प्रहरी कार्यालय अनारमनीको पुनर्निर्माणका लागि वैदेशिक रोजगार व्यवसायी

सुन्दर सपना बोकेर इजरायल गएका विपिन कफिनमा फर्किए

काठमाडौं- सुदूरपश्चिम विश्वविद्यालयको आठौँ सेमेस्टरमा अध्ययनरत कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का

जापान पहिलो महिला प्रधानमन्त्रीको दिशामा, नयाँ गठबन्धन बन्न तयारी

एजेन्सी– जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले सोमबार साँझ

एक महिनामा ७५ हजार पर्यटकले गरे मुस्ताङको भ्रमण

मुस्ताङ– मुस्ताङमा असोज महिनामा ७५ हजार ५९९ पर्यटकले भ्रमण गरेका