कर छली गरेको विषयमा आधा दर्जनबढी म्यानपावरमाथि अनुसन्धान, मुद्दा दर्ताको तयारी « Khabarhub

कर छली गरेको विषयमा आधा दर्जनबढी म्यानपावरमाथि अनुसन्धान, मुद्दा दर्ताको तयारी


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आन्तरिक रावश्व अनुसन्धान विभागले आधा दर्जनभन्दा बढी म्यानपावर कम्पनीहरुमाथि कर छली गरेको विषयमा अनुसन्धान गरिरहेको छ ।

विभागले वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दा कर छली गरेको अभियोगमा ती म्यानपावरमाथि अनुसन्धान गरि मुद्दा दर्ता गर्ने तयारी गरिरहेको छ ।

विदेशमा कामदार पठाएको विवरण यथार्थ नबुझाएको भन्दै ती म्यानपावरहरुमाथि अनुसान्धान गरि मुद्दा दर्ता गर्ने लागिएको विभागले जनाएको छ । वैदेशिक रोजगारीको नाममा म्यानपावरले ठूलो मात्रामा राजश्व छली गर्ने गरेको विभाग श्रोतको भनाइ छ ।

म्यानपावरहरुले वार्षिक आय र कारोवार वैदेशिक रोजगार विभागमा बुझाउदा पनि थोरै मात्र देखाएर बुझाउने गरेका छन् । धेरै सख्यामा कामदार रोजगारीमा पठाएपनि कम मात्र आय स्रोत देखाएर कर छली गर्नेगरेको भन्दै राजश्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।

म्यानपावर कम्पनीले राजश्व बुझाएको विषयमा अध्ययन गरिरहेको र कर छली गर्ने म्यानपावरविरुद्ध मुद्दा दर्ता गर्ने तयारी भइरहेको आन्तरिक रावश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । विभागले गत पौष महिनामा स्काई ओभरसिजका मालिक बलबहादुर तामाङलाई करछली गरेको आरोपमा मुद्दा दर्ता गरेको थियो ।

तामाङले १९ करोड ५८ लाख रुपैयाँ करछली गरेको भन्दै विभागले मुद्दा दर्ता गराएको थियो । उनको मुद्दा हाल विचारधीन अवस्था छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  २ : १५ बजे

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि

युद्धबन्दी हस्तान्तरणबारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट

सियोल– युक्रेनले रुसका लागि लडिरहेका दुई उत्तर कोरियाली सैनिकलाई दक्षिण

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका