म्यानमारको सेना समर्थित पार्टीद्धारा फेरि मतदान गराउन माग | Khabarhub Khabarhub

म्यानमारको सेना समर्थित पार्टीद्धारा फेरि मतदान गराउन माग


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- म्यानमारमा हालै भएको निर्वाचनप्रति सेना समर्थित राजनीतिक दलले असहमति जनाएको छ ।

सेनाको समर्थन रहेको विपक्षी दल युनियन सोलिडारिटी एण्ड डेभ्लोप्मेन्ट पार्टीले निर्वाचनमा धाँधली भएको भन्दै परिणामप्रति असहमति जनाएको हो । पार्टीले निर्वाचन आयोगमा उजुरी दिदै पूनः निर्वाचन गराउनसमेत माग गरेको छ ।

गत आइतबार मतदान भइ मंगलबार सार्वजनिक भएको मत परिणाममा सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी पार्टीले अत्याधिक ठाउँमा जित हासिल गरेको छ । नोवेल शान्ति पुरस्कार विजेता साङ साङ सूकी नेतृत्वको पार्टीले दोस्रो पाँच वर्षे कार्यकालका लागि जित हासिल गरेको हो ।

सैन्य शासनका विरुद्धमा लामो समय संघर्ष गरेकी सूकीको पार्टीले यसअघि पनि सन् २०१५ मा अत्यधिक बहुमत ल्याएर अहिलेसम्म सरकार सञ्चालन गरेको थियो । अहिलेको निर्वाचनले पनि सूचीको पार्टीलाई सत्तामा रहन निरन्तरता दिएको छ ।

असन्तुष्ट विपक्षी दलका कार्यकर्ताहरुले निर्वाचन आयोग अगाडि प्रदर्शन पनि गर्दै निर्वाचनको बैधता, निश्पक्षता, विश्वसनीयता र तटस्थतामा समेत प्रश्न उठाएका छन् ।

म्यानमारमा ३२२ सिट ल्याएमा बहुमत प्राप्त हुन्छ । सूकीको पार्टीले ३६१ सिटमा जित हासिल गरेको छ । सेना समर्थित विपक्षी पार्टीले २१ सिटमा मात्रै सफलता प्राप्त गरेको छ । अन्य दलहरुले ४८ ठाउँबाट जितेका छन् ।

सन् २०१५ को निर्वाचनमा सूचीको पार्टी ३९० स्थानमा विजयी भएको थियो । सेना समर्थित पार्टीले ४१ सिटमा विजय प्राप्त गरेको थियो ।

म्यानमारमा साठी वर्षभन्दा बढी समय शासन गरेको सेनाको समर्थन प्राप्त दल यूएसडीपीले पुनः निर्वाचनको माग गरेपछि त्रास उत्पन्न भएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ६ : १२ बजे

गृहमन्त्री अर्यालले भने- कानुन भन्दा माथि बस्ने छुट केपी ओलीलाई छैन 

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले कानुन भन्दा माथि बस्ने छुट केपी

प्रहरी कार्यालय पुनर्निर्माण गर्न १० लाख सहयोग

बनियानी– इलाका प्रहरी कार्यालय अनारमनीको पुनर्निर्माणका लागि वैदेशिक रोजगार व्यवसायी

सुन्दर सपना बोकेर इजरायल गएका विपिन कफिनमा फर्किए

काठमाडौं- सुदूरपश्चिम विश्वविद्यालयको आठौँ सेमेस्टरमा अध्ययनरत कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का

जापान पहिलो महिला प्रधानमन्त्रीको दिशामा, नयाँ गठबन्धन बन्न तयारी

एजेन्सी– जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले सोमबार साँझ

एक महिनामा ७५ हजार पर्यटकले गरे मुस्ताङको भ्रमण

मुस्ताङ– मुस्ताङमा असोज महिनामा ७५ हजार ५९९ पर्यटकले भ्रमण गरेका