धान मासेर लगाएको किबीले मालामाल « Khabarhub

धान मासेर लगाएको किबीले मालामाल


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्थानीय जातको धान लगाउँदा वर्षदिनमा पाँचमुरी धान फल्ने खेतमा रोपाइ, गोडाइ र उठाउने बेला लाग्ने खेतालाको खर्चसमेत धान र परालले उठाउन बागलुङ नगरपालिका–१३ पैंयुपाटाका भोलानाथ रिजाललाई हम्मेहम्मे हुन्थ्यो ।

उनले परम्परागत खेती नै गर्दै आएका थिए । झण्डै पाँच रोपनी जमीन जोत्न दुई दिन लाग्थ्यो । पछि उनले छोरा महेन्द्रको आग्रहमा घर छेउको त्यस पाखो खेतमा किबी खेती गर्न थालेपछि भने मनग्गे आम्दानी गरेका छन् ।

वर्षमा एक बाली धान खेती पनि राम्रो नहुने त्यस खेतमा अहिले किबीले लटरम्म फल दिएको छ । हिजो धान फल्ने खेतमा किबी लगाउँ भन्दा छोराको आग्रह मान्न हिच्किचाएका भोलानाथ अहिले खेतबाटै धमाधम बिकी बिक्री गरेर पैसा लिन थालेपछि खुशीले गदगद बनेका छन् ।

पैंयुपाटामा महेन्द्रले तीन वर्ष पहिले करिब रु पाँच लाख खर्चेर ८० बिरुवा भालेपोथी लगाएका छन् । बजारीकरणको समस्या नहोस भनेर ‘रिजाल कृषि तरकारी तथा फलफूल फर्म’ नाम दिएको कम्पनी छ ।

“अहिले झण्डै पाँच क्विन्टल फलेको छ”, महेन्द्र भन्छन्, “६०/६२ बिरुवा मात्रै फल्दा त एकै बर्षमा लगानी उठ्ने देखियो ।” खेतबाटै प्रति किलो ४०० रुपैयाँमा बिक्री भएको भोलानाथ बताउँछन् ।

माटोअनुसारको खेती गर्न नजान्दा खर्च अनुसारको आम्दानी गर्न नसकेको महसुस भोलानाथले गर्न थालेका छन् । “कस्तो राम्रो फलेको, बजार उचित भए त आम्दानी गर्न बिदेश जानु पर्दैन”, उनी भन्छन् । उनका अनुसार किबी खेतीकालागि कृषि ज्ञान केन्द्र पर्वतले दुई लाख ५० हजार रुपैयाँ अनुदान दिएको थियो ।

किबीसँगै रिजालले अदुवा, प्याज, लसुन, खुर्सानी, बेसार लगायतका अन्य नगदेबाली समेत लगाएका छन् । झ्याल प्रजातीको किवीको रुखमुखी लगाएको नगदे बालीहरुले समेत घर खर्च चलाउने आम्दानी दिने गरेको रिजालले सुनाए ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  १ : ०० बजे

श्रीलंकामा इन्धन संकट, सरकारी कार्यालय बुधबार बन्द रहने

एजेन्सी– श्रीलंकाले देशमा देखिएको इन्धन अभाव व्यवस्थापन गर्न सरकारी क्षेत्रका

पोखरामा प्याराग्लाइडिङ पुनः सञ्चालनमा आउने

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कारण पोखराको आकाशमा लामो समय

अदालतको आदेशसँगै एघार प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने

काठमाडौं– सर्वोच्च अदालतको आदेशसँगै नेपाल–प्रज्ञा प्रतिष्ठानबाट आजीवन निर्वाह भत्ता लिँदै

रविका ‘सहयोद्धा’ प्रमोद भन्छन्, ‘समानुपातिकमा नपरेर चित्त दुखेको छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रमोद न्यौपानेले आफू समानुपातिक सूचीमा

नायिका स्वस्तिमा नाचेको गीत ‘मायालाई के दिउँ म बैना’ टिकटकमा भाइरल

काठमाडौं – नायिका स्वस्तिमा खड्का र नायक रवीन्द्रसिंह बानियाँ शीर्ष