मैत्रीपूर्ण खेलमा बंगलादेशसँग नेपाल २–० ले पराजित « Khabarhub

मैत्रीपूर्ण खेलमा बंगलादेशसँग नेपाल २–० ले पराजित


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बंगलादेशविरुद्धको मैत्रिपूर्ण खेलमा नेपाल २-० ले पराजित भएको छ ।

ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा आयोजक टोलीले नेपाललाई २-० गोल अन्तरले पराजित गरेको हो ।

बंगलादेशबाट मोहमद नाबिब र मबुबुर रहमानले एक–एक गोल गरे । मोहमद नाबिबले १० औं मिनेटमा साद उदीनको क्रसमा वान टचमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ८० मिनेटमा रहमानले अग्रता दोब्बर पारे ।

अब दोस्रो मैत्रिपूर्ण खेलमा नेपालले २ मंसिरमा फेरि बंगलादेशको सामना गर्नेछ ।

गत वर्ष नोभेम्बरमा कुवेतसँग पराजित भएको सिनियर राष्ट्रिय टोलीले त्यसयता खेलेको यो पहिलो खेल हो । कोरोना भाइरस महामारीका कारण गत चैतमा लकडाउन भएयता नेपालमा फुटबल गतिविधि ठप्प थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ७ : ३५ बजे

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल